Technology Khabar ३० कार्तिक २०८२, आईतवार
काठमाडौं ।
सामसङले अर्को महिना आफ्नो पहिलो ट्राई–फोल्डेबल लन्च गर्ने एक प्रकाशनलाई उद्धृत गर्दै आइस युनिभर्सले खुलासा गरेको छ। सामसङले फोनको स्पेसिफिकेशनहरूको विवरण धेरै गोप्य राखेको भए तापनि केही प्रमुख विवरणहरू बाहिरिएको छ।
सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड खोल्दा ४.२ एमएम बाक्लो र बन्द गर्दा १४ एमएम हुनेछ। तुलनाको लागि, ग्यालेक्सी जेड फोल्ड७ खोल्दा उही ४.२ एमएम र बन्द गर्दा ८.९ एमएम हुन्छ।
जेड ट्राइफोल्ड मा समान ६.५इन्चको कभर डिस्प्ले र ठूलो १० इन्चको भित्री डिस्प्ले हुनेछ भने उक्त भित्री डिस्प्लेमा जेड फोल्ड७ को वर्गाकार ८ इन्चको डिस्प्ले भन्दा फरक चौडा–स्क्रिन आस्पेक्ट रेसियो छ।
फोनमा ५,६०० एमएएच ब्याट्री क्षमता हुनेछ र यो तीन सेल्साहरूमा विभाजित हुनेछ। जेड फोल्ड७ मा ४,४००एमएएच ब्याट्री रहेको छ र यो दुई भागमा विभाजित छ।
कोरियाली प्रकाशन द चोसनको एक रिपोर्टले फोन लन्च हुने समय र विवरणहरूको बारेमा पुष्टि गरेको छ। जेड ट्राइफोल्ड सीमित मात्रामा मात्र उत्पादन गरिने र यो धेरै महँगो हुने बताइएको छ। साथै यो फोन केवल चयन गरिएका बजारहरूमा मात्र उपलब्ध हुनेछ।
अहिलेसम्म, सामसङले आधिकारिक रूपमा ग्यालेक्सी जेड ट्राइफोल्डको प्रोटोटाइप युनिटहरू मात्र देखाएको छ। फोन कस्तो हुनेछ भनेर देखाउने भिडियो यहाँ हेर्न सक्नुहुन्छ।
यो पछिल्लो जानकारी सही सावित भएको खण्डमा भने, सामसङले डिसेम्बर ५ मा ग्यालेक्सी जेड ट्राइफोल्ड लन्च गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० कार्तिक २०८२, आईतवार