रोबोटहरूले आगो कसरी निभाउँछन् हेर्नुहोस्

  • Technology Khabar | २९ कार्तिक २०८२, शनिबार
रोबोटहरूले आगो कसरी निभाउँछन् हेर्नुहोस्

काठमाडौं ।

युनिट्री रोबोटिक्स कम्पनीले चार खुट्टासहितको एनिमल रोबोटहरू विकास गर्दैछ। उक्त रोबोटहरूले खतरनाक परिस्थितिहरूमा अग्नि नियन्त्रकहरूलाई सहयोग गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

चिनियाँ अग्नि नियन्त्रकहरूले अब चाँडै नै आगो निभाउन सक्ने चार खुट्टा भएका रोबोटहरू प्रयोग गर्ने भएका छन्। चार खुट्टा भएका उक्त असामान्य रोबोटहरूले उपकरणहरू बोक्न सक्ने र मानिसहरूको लागि खतरनाक हुने क्षेत्रहरूमा प्रवेश गर्न सक्नेछन्।

युनिट्री रोबोटिक्सले “बी२ फायर रेस्क्यू” मोडेलको रुपमा प्रस्तुत गरेको एक विशेष रोबोट–एनिमलले अटोनोमस मुभमेण्ट र रिमोट कन्ट्रोल प्रविधि प्रयोग गर्दछ। अत्यन्त खतरनाक परिस्थितिहरूमा फायर फाइटरको रूपमा काम गर्न सक्ने रोबोटले पानी र फोम स्प्रे गर्न सक्ने बताइएको छ भने रियल–टाइम भिडियो संकेतहरू प्रसारण गर्न सक्ने उल्लेख गरिएको छ।

सिचुआन प्रान्तमा परीक्षणको क्रममा, रोबोटलाई उच्च–दबावको आगोको नलीमा जडान गरिएको थियो र आगोको स्रोततिर पानीको जेट सफलतापूर्वक निर्देशित गरिएको थियो भने अपरेटरहरूले रोबोटलाई सुरक्षित दूरीबाट सञ्चालन गरेका थिए।

कम्पनीको तथ्याङ्क अनुसार, “बी२ फायर रेस्क्यू” ले प्रति सेकेन्ड ४० लिटरसम्म पानी स्प्रे गर्न सक्नेछ, भने रोबोटको स्थिरता र लचिलोपनको साथ यो भिरालो/ठाडो भूभाग, भग्नावशेष र उच्च–तापमान वातावरणमा हिड्न सक्ने उल्लेख गरिएको छ।चिनियाँ सामाजिक सञ्जालमा, रोबोटले धेरैको ध्यानाकर्षण गरेको र धेरैले यसलाई जीवन बचाउने प्रविधिको उदाहरणको रूपमा प्रशंसा गरेका छन् भने अरूले अग्नि नियन्त्रकको रूपमा वास्तविक अवस्थाहरू सामना गर्न सक्छ कि सक्दैन भन्ने बारेमा शंका व्यक्त गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

 

प्रकाशित: २९ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...