प्राविधिक विद्यार्थीले बनाए सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न उपयोगी उपकरण

  • Technology Khabar | २५ कार्तिक २०८२, मंगलवार
प्राविधिक विद्यार्थीले बनाए सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न उपयोगी उपकरण
बिङ एआईमार्फत् तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन्। विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न मेसिन तथा उपकरण बनाएका छन्।

यसैगरी कृषि कार्य गर्दा धान काट्ने, दाईं गर्ने, मल तथा पानी छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरणसहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवेलगायत विभिन्न्न मेसिन र उपकरण बनाइएका हुन्। मनोमोहन पोलिटेक्निकका इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीहरुको समूहले बनाएको उक्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै चलाएर विश्वविद्यालयमा सोमबार प्रर्दशनसमेत गरिएको थियो।

यसैगरी उक्त विश्विद्यालयका इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक इन्जिनियरिङतर्फका विद्यार्थीहरुले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरी प्रदर्शन गरेका छन्।

सिभिलतर्फका विद्यार्थीहरुले भूकम्परहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मिल्टप्रोपोज कम्प्लेक्स र व्यापारिक मल लगायतका सातवटा डेमो प्रदर्शन गरेका थिए।

सूचना प्रविधि विभागका विद्यार्थीले सफ्टवेयर निर्माण गरी रक्तदान गर्न सहयोग पुर्याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलानी प्रणाली, अनलाइनमार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका प्रदर्शन गरेका छन्

यसैगरी मेकानिकलतर्फका विद्यार्थीहरुले घुमफिर गर्ने होचो अनलोड वोगी (कार), स्वचालित वासिङ मेसिन र स्वचालित राइस प्लान्ट आदि उपकरणको डेमो प्रदर्शन गरिएको थियो।

पोलिटेक्निकका तीनवर्षे डिप्लोमा पास आउट भएर जाने विद्यार्थीले हरेक वर्ष बनाएका विभिन्न उपकरण प्रदर्शन गर्दै आएका छन् तर ती उपकरणको व्यावसायिक प्रयोजनमा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किएर बस्ने गरेको पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले बताए।-रासस

प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २५ कार्तिक २०८२, मंगलवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २५ कार्तिक २०८२, मंगलवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २५ कार्तिक २०८२, मंगलवार