
काठमाडौं ।
एउटा एयरलाइन कम्पनीले उडानमा टर्ब्युलेन्स अर्थात् हावाका कारणले हुने ठूलो सानो झट्का वा कम्पनले कहिले असर गर्छ भनेर अनुमान गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने भएको छ।
टर्ब्युलेन्स ककपिटको मौसम राडारमा नदेखिने वा धेरैजसो मौसम मोडेलहरूले यसलाई गणना गर्न नसकिने भएकोले यसबाट बच्न प्रायः गाह्रो हुने बताइएको छ।
विज्ञहरूले जलवायु परिवर्तनले आकाशलाई अझ अशान्त बनाइरहेको बताएपछि एयरलाइन्सहरूले यात्रुहरूको सुरक्षा र आराम सुनिश्चित गर्ने तरिकाहरू खोजिरहेका छन्।
टर्ब्युलेन्सबाट मृत्यु र गम्भीर चोटपटक धेरै दुर्लभ भएपनि गत वर्ष, लन्डनबाट सिंगापुर एयरलाइन्सको उडानमा टर्ब्युलेन्सका कारण एक जनाको मृत्यु र डब्लिन जाने कतार एयरवेजको उडानमा धेरै घाइते भएका थिए।
टर्ब्युलेन्स यात्रु र चालक दललाई कम–घातक चोटपटक लाग्ने प्रमुख कारण भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघले उल्लेख गरेको छ।
टर्ब्युलेन्सका कारण ठूला विमानहरूमा मृत्यु र गम्भीर चोटपटक प्रायः नघटे पनि, २००९ र २०२१ को बीचमा, संघीय उड्डयन प्रशासनका अनुसार, टब्र्युलेन्स घटनाहरूमा १४६ यात्रु र चालक दल गम्भीर घाइते भएका थिए।
गत वर्ष, बेलायतको रिडिङ विश्वविद्यालयका मौसमविद्हरूले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण आकाश चार दशक अघिको तुलनामा ५५ प्रतिशत बढी अशान्त भएको पत्ता लगाएको थियो।
टर्ब्युलेन्सबाट मृत्यु र गम्भीर चोटपटक दुर्लभ छन्, तर जलवायु परिवर्तनले अवस्थालाई झनै खराब बनाइरहेको छ।
कार्बन डाइअक्साइड उत्सर्जनबाट उत्पन्न हुने तातो हावाले विमानको प्रवाहमा हावाको प्रवाहलाई परिवर्तन गरिरहेको बताइएको छर यसले गर्दा उत्तरी एट्लान्टिक र विश्वव्यापी रूपमा क्लियर–एयर टर्ब्युलेन्स भनेर चिनिने समस्या झनै खराब हुँदै गएको उल्लेख गरिएको छ।
विश्वको सबैभन्दा व्यस्त उडान मार्गहरू मध्ये एक, उत्तरी एट्लान्टिकमाथिको एक सामान्य बिन्दुमा, १९७९ र २०२० को बीचमा गम्भीर टर्ब्युलेन्सको कुल वार्षिक अवधि ५५ प्रतिशतले बढेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
उत्तरी एट्लान्टिकले सबैभन्दा ठूलो वृद्धि अनुभव गरेको अवस्थामा नयाँ अध्ययनले संयुक्त राज्य अमेरिका, युरोप, मध्य पूर्व र दक्षिण एट्लान्टिकमाथिका अन्य व्यस्त उडान मार्गहरूमा पनि टर्ब्युलेन्समा उल्लेखनीय वृद्धि भएको पत्ता लगाएको छ।
एमिरेट्सले टर्ब्युलेन्सको अनुमान गर्न एआई प्रयोग गर्ने
“एयरलाइन्सले बढ्दो टर्ब्युलेन्सलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे सोच्न सुरु गर्नुपर्नेछ, किनकि यसले संयुक्त राज्य अमेरिकामा मात्र प्रत्येक वर्ष उद्योगलाई ४६५ मिलियन यूरो सम्म खर्च गराउँछ” रिडिङ विश्वविद्यालयका मौसमविद् मार्क प्रोसरले भने।
“त्यस टर्ब्युलेन्सबाट यात्रा गर्दा बिताएको प्रत्येक अतिरिक्त मिनेटले विमानको ‘वेयर एण्ड टिएर’ (कुनै अवधिमा सामान्य प्रयोगमा रहेको वस्तुमा हुने क्षति) बढाउँछ, साथै यात्रु र उडान परिचारिकाहरूलाई चोटपटक लाग्ने जोखिम पनि बढाउँछ।”
हालको मौसम मोडेल र रडारहरूलाई कहिले टर्ब्युलेन्स हुन्छ भनेर भविष्यवाणी गर्न गाह्रो हुने बताइएको छ र तिनीहरू प्रायः साना–स्तरीय एडीहरूबाट हुने भएकाले धेरै स्थानीयकृत हुनुका साथै बुझ्न नसकिने जनाइएको छ।
अब, मध्य पूर्वको सबैभन्दा ठूलो एयरलाइन एमिरेट्सले उडानहरूमा टर्ब्युलेन्सको भविष्यवाणी गर्ने क्षमता सुधार गर्न एआईको प्रयोग गर्ने भएको छ।
नयाँ प्रविधिले “रियल–टाइम डाटा” उत्पन्न गर्न सक्छ जसले उडान मार्गहरूमा टर्ब्युलेन्सको क्षेत्रहरूलाई यसको पाइलटहरूलाई संकेत गर्दछ” भनि कम्पनीले बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार