Technology Khabar २१ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) को ‘नास आईटी एक्सपो २०२५’ प्रदर्शनी ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ।
कात्तिक २१ र २२ गते हुने यो दुई दिनको प्रदर्शनीमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहने आयोजकको भनाई छ।
एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ। एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहको छ। परम्परागत प्रदर्शनीभन्दा फरक यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ।
स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्स्पो आयोजना गरिएको नास आईटीका अध्यक्ष गौरव पाण्डेको भनाइ छ।
‘एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ पाण्डेले थप उल्लेख गरे।
सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंको भनाइ छ।
नास–आईटी एक्स्पो २०२५ केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन्।

प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार