काठमाडौं ।
गुगलले जर्मन अर्थमन्त्री लार्स क्लिङबेलसँगै जर्मनीको लागि आफ्नो अहिलेसम्मकै ठूलो लगानी योजनाको घोषणा गर्ने भएको छ।
अमेरिकी टेक जायण्टले यो योजनामा “पूर्वाधार र डाटा केन्द्रहरू” निर्माण समावेश हुने बताएको छ। साथै यसले नवीकरणीय ऊर्जाको प्रयोगका लागि नवीन परियोजनाहरूलाई पनि अगाडि बढाउने उल्लेख गरिएको छ।
गुगलले म्युनिख, फ्रान्कफर्ट र बर्लिनमा आफ्नो स्थानहरू विस्तार गर्न चाहेको रिपोर्ट गरिएको छ।
नोभेम्बर ११ मा अर्थमन्त्री लार्स क्लिङबेलसँग मिलेर पत्रकार सम्मेलनमा परियोजनाको विवरण घोषणा गर्ने कार्यक्रम रहेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार