एप्पलको इन्ट्री–लेभल म्याकबुक २०२६ को सुरुवातमा आउने निश्चित

  • Technology Khabar | २१ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

एप्पलले इन्ट्री–लेभल म्याकबुक बनाइरहेको ब्लूमबर्गले रिपोर्ट गररेको छ। यस इन्ट्री–लेभल म्याकबुकको बारेमा पहिलो पटक गत गृष्मयाममा डिजीटाइम्स रिपोर्ट मार्फत सुनेका थियौं।

एप्पलले आफ्ना आपूर्तिकर्ताहरूसँग कम लागतको म्याकबुकको प्रारम्भिक उत्पादनको अर्डर गरेको र २०२६ को सुरुवातमा रिलीज गर्ने लक्ष्य राखेको बताइएको छ।

ल्यापटपमा “लोअर–इण्ड एलसीडी डिस्प्ले” रहेको र ए–सिरिज आईफोन चिपसेट प्रयोग गर्ने भनिएको छ। साथै यो चिपसेट पहिलो एप्पल एम१ भन्दा छिटो रहेको बताइएको छ। रिपोर्टले यो इन्ट्री–लेभल म्याकबुकमा १३.६ इन्चको म्याकबुक एयर भन्दा सानो डिस्प्ले हुने र यसको मूल्य “१,००० अमेरिकी डलर भन्दा कम” हुनेछ भनी बताएको छ।

सस्तो म्याकबुकको साथ एप्पलको उद्देश्य इन्ट्री–लेभल पीसी र क्रोमबुक बजारमा प्रवेश गर्नु हो। ती ल्यापटपहरूको मूल्य सबैभन्दा प्रिमियम क्रोमबुकको लागि २०० अमेरिकी डलर देखि ७०० अमेरिकी डलर सम्म हुनेछ। एप्पलको एन्ट्री–लेभल म्याक मिनीको मूल्य ५९९ अमेरिकी डलर भएको हुनाले इन्ट्री–लेभल म्याकबुकको मूल्य लगभग १०० अमेरिकी डलर देखि २०० अमेरिकी डलर बढी हुने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया