ओपनएआईको सोरा एप अब एन्ड्रोइडमा उपलब्ध

  • Technology Khabar | २० कार्तिक २०८२, बिहीबार
ओपनएआईको सोरा एप अब एन्ड्रोइडमा उपलब्ध

काठमाडौं ।

ओपनएआईले आफ्नो सोरा भिडियो–जेनेरेसन एप एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि रोल आउट गरेको छ। गत महिना, कम्पनीले यस एपलाई ओएसमा ल्याएको थियो।

सोरा हाल गुगल प्ले स्टोरबाट डाउनलोड गर्न उपलब्ध छ। क्यानडा, कोरिया, जापान, ताइवान, थाइल्याण्ड, भियतनाम र अमेरिकाका प्रयोगकर्ताहरूले आफ्नो एन्ड्रोइड फोनमा एप प्रयोग गर्न सक्नेछन्।

एपले टेक्स्ट प्रम्प्ट र तस्बिरहरूबाट भिडियोहरू उत्पन्न गर्न सक्छ। साथै यस एपले सहकार्यलाई पनि समर्थन गर्दछ भने धेरै भिडियो शैलीहरू छनौट गर्न सकिनेछ भने प्रयोगकर्ताहरूलाई अरूको सिर्जनाहरू रिमिक्स गर्न दिनुका साथै कन्टेटन्ट साझा गर्ने र पत्ता लगाउन समुदाय सुविधाहरू समावेश गर्दछ।

ओपनएआईले हालै चयन गरिएका क्षेत्रहरूमा प्रयोगकर्ताहरूले अब निमन्त्रणा कोड बिना सोरा पहुँच गर्न सक्ने घोषणा गरेको छ र यसले प्रयोगकर्ताहरूलाई तुरुन्तै भिडियोहरू सिर्जना गर्न सुरु गर्न अनुमति दिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...