सामसङले नेपालमा लन्च गर्‍यो सेग्मेन्टकै पहिलो ‌ओआईएस क्यामेरायुक्त ग्यालेक्सी एम१७ ५जी

  • Technology Khabar | १९ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम१७ ५जी सार्वजनिक गरेको छ।

प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई-सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक अप्टिकल इमेज स्टेबलाइजेशन (‌ओआईएस) अर्थात् “नो शेक क्यामरा” प्रविधि ल्याएको छ।

कम्पनीले दावी गरे अनुसार अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ — यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन्।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी एम१७ ५जी मार्फत हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौँ। ‘नो शेक क्यामरा’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछ। यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील हुन्छन्।”

जबरजस्त टिकाउपन, दमदार परफर्मेन्स र मोन्स्टर एआई अनुभव
ग्यालेक्सी एआईद्वारा सञ्चालित ग्यालेक्सी एम१७ ५जीमा सर्कल टु सर्च विथ गुगल र यल टाइम एआई असिस्टजस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ।

मूल्य तथा अफर

प्रोडक्टभेरियन्टमूल्य (नेरु)
ग्यालेक्सी एम१७ ५जी४जीबी / १२८ जीबी२५९००
ग्यालेक्सी एम१७ ५जी६जीबी / १२८ जीबी२७९००

६ न्यानोमिटरको एक्जिनोस १३३० प्रोसेसरले उत्पादकता, गेमिङ र स्ट्रिमिङमा छरितो तथा उर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ।
मुख्य विशेषताहरू:

• ६.७ एफएचडी+ सुपर एमोलेड डिस्प्ले
• कर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित
• आईपी५४ रेटिङ सहित धूलो र पानीबाट सुरक्षा

यी सबै सुविधाहरूले ग्यालेक्सी एम१७ ५जी लाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथी बनाउने कम्पनीको दावी छ।

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया