सामसङको ट्राई–फोल्ड स्मार्टफोनको नयाँ भिडियो फुटेज सार्वजनिक

Technology Khabar १९ कार्तिक २०८२, बुधबार

सामसङको ट्राई–फोल्ड स्मार्टफोनको नयाँ भिडियो फुटेज सार्वजनिक
Global IME Bank

काठमाडौं ।

गत हप्ता, सामसङले २०२५ को के–टेक शोकेसमा आफ्नो पहिलो ट्राई–फोल्ड स्मार्टफोन प्रदर्शन गरेको थियो। अझै सम्म पनि आधिकारिक नाम नभएको यो डिभाइसलाई प्रदर्शनको क्रममा ग्लास डिस्प्ले भित्र राखिएको थियो। साथै यस डिभाइसको फोल्ड र अनफोल्ड अवस्थाको केही तस्बिरहरू मात्र देखा परेका थिए।

एसबीएस न्यूज र ओमोकग्यो इलेक्ट्रोनिक्सले पोस्ट गरेको भिडियोले सामसङको ट्राई–फोल्डलाई विभिन्न कोणबाट नजिकबाट राम्रोसँग देखाएको छ।

डिस्प्लेको दुबै छेउमा राखिएको डुअल हिञ्जहरू फोल्ड गर्दा देख्न सकिने छ। बायाँपट्टिको दोस्रो हिञ्ज भन्दा दायाँपट्टिको हिञ्ज चौडा देखिएको जनाइएको छ।

अनफोल्ड गर्दा, कभर स्क्रिन दायाँपट्टि सर्दछ भने बाँकी दुई प्यानलहरूले यसको छेउमा ठाउँ ओगट्ने बताइएको छ। पूर्ण रूपमा अनफोल्ड (खुला हुँदा) गर्दा १० इन्चको डायगोनल हुनेछ भने डिभाइसलाई छेउबाट हेर्दा प्रभावशाली रूपमा पातलो देखिने बताइएको छ।

ग्यालेक्सी जेड ट्राइफोल्ड (अफवाह गरिएको नाम) को पछाडि एक्सटर्नल डिस्प्लेको साथमा ट्रिपल क्यामरा र एलईडी फ्ल्यास पनि रहेको छ भने यो ग्यालेक्सी जेड फोल्ड७ बाट उधारो लिइएको जस्तो देखिएको उल्लेख गरिएको छ।

यस डिभाइसमा यसको पावर बटन र भोल्युम कीहरू दायाँपट्टि रहेको छन्। पावर बटनमा फोल्ड७ मा जस्तै फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको देखिन्छ। सामसङले अहिलेसम्म डिभाइसको लागि कुनै विस्तृत स्पेसिफिकेसनहरूको बारेमा खुलासा गरेको छैन भने यसको सही आयामहरूको बारेमा पनि कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया