सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह फैलाउने २ जना युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

Technology Khabar ६ कार्तिक २०८२, बिहीबार

सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह फैलाउने २ जना युवक ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्दै। तस्विरः रासस।

काठमाडौं ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामाजिक सन्जाल टिकटकमार्फत अफवाह फैलाउने २ जना युवकलाई नियन्त्रणमा लिएको छ।

गएको असोज ३० गते काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका २ बस्ने २४ वर्षीय सजन श्रेष्ठले बागमती प्रदेश ०२ -०५१ प ६३ ५४ नम्बरको एन एस मोटरसाइकलमा क्रस फायर मोटरसाइकलको हेण्डिल लगाई लापरवाही तरिकाले चलाईरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिईएको उक्त मोटरसाइकलको हेण्डिल परिवर्तन गर्ने क्रममा मोटरसाइकल चालक श्रेष्ठले भारतको सितामडी घर भई हाल काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारी समेतलाई प्रयोग गरी सामाजिक सन्जाल टिकटकमा TIKTOK ID : SS_VLOGS (@ssvlognp10) मार्फत समाजिक संजालमा नकरात्मक असर पर्ने किसिमका श्रब्य, दृष्य लगायतका गतिविधि पोष्ट गरेको ट्राफिक प्रहरीले उल्लेख गरेको छ।

सोही कारण, असोज ३ गते दिउँसो साढे ३ बजे श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका २ तिर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

निजहरुको साथबाट सामसङ ग्यालेक्सी ए१४ फाइभजी मोबाइल ग्रो प्रो हिरो ९ ब्ल्याक क्यामरा समेत बरामद गरि थप अनुसन्धान एवं आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

प्रकाशित: ६ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया