चीनद्वारा नयाँ ‘शियान–३१’ स्याटेलाइट सफल प्रक्षेपण

  • Technology Khabar | २९ आश्विन २०८२, बुधबार
चीनद्वारा नयाँ ‘शियान–३१’ स्याटेलाइट सफल प्रक्षेपण

काठमाडौं ।

चीनले उत्तरपश्चिम चीनको जिउचुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

‘शियान–३१’ नामको परीक्षण भूउपग्रह अक्टोबर १३ गते सोमबार बेलुका ६ः०० बजे (बेइजिङ समय अनुसार) लङ मार्च–२डी बोक्ने रकेटमार्फत प्रक्षेपण गरिएको थियो। स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश ग¥यो ।

शियान–३१ नामको स्याटेलाइट चीनद्वारा परीक्षणका लागि प्रक्षेपण गरिएको एक प्राविधिक भूउपग्रह हो, जुन मुख्य रूपमा नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ। यो प्रक्षेपण लङ मार्च रकेट शृंखलाको ५९९औं उडान मिशन हो । रासस/सिन्ह्वा

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • २९ आश्विन २०८२, बुधबार