कठिन भूभागमा चल्ने सवारीसाधनमा ड्राइभर असिस्ट सिस्टममा सघाउने ड्रोन बनाउने योजनामा टोयोटा

  • Technology Khabar | २७ आश्विन २०८२, सोमबार
कठिन भूभागमा चल्ने सवारीसाधनमा ड्राइभर असिस्ट सिस्टममा सघाउने ड्रोन बनाउने योजनामा टोयोटा

काठमाडौं ।

टोयोटा कठिन भूभागमा चल्ने सवारीसाधनका लागि नयाँ ड्राइभर सहायता प्रणाली विकास गर्दैछ, जसमा ड्रोनलाई “आकाशका आँखाका रूपमा” प्रयोग गरिनेछ।

संयुक्त राज्यको संघीय उड्डयन प्रशासन (एफएए) मा प्रस्तुत कागजातअनुसार, उक्त अवधारणामा ड्रोनले सवारीसाधनमाथि उड्दै भूभागको भिडियो खिच्ने र चालकलाई अगाडिको बाटो स्पष्ट रूपमा देखाउने व्यवस्था रहनेछ। यसले सुरक्षित मार्ग योजना बनाउन र लुकेका अवरोधहरूबाट जोगिन मद्दत गर्ने कम्पनीको भनाइ छ।

टेलिग्राफका अनुसार टोयोटाले नयाँ प्रविधिहरूको परीक्षण सधैं जारी रहेको बताए पनि अहिलेका लागि यसलाई उत्पादनमा ल्याउने ठोस योजना नभएको स्पष्ट पारेको छ। तर उद्योग विज्ञहरूको भनाइमा यो प्रणाली सुरुमा कन्सेप्ट मोडलका रूपमा प्रस्तुत हुन सक्छ।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार