
काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्वालकमका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत क्रिस्टियानो आमोनसँग शनिबार भेट गरेका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
“भारतको सेमिकन्डक्टर र एआई अभियानप्रति क्वालकमको प्रतिबद्धता देख्न पाउँदा खुशी लागेको छ,” मोदीले एक्समा लेखेका छन्।
यसअघि शुक्रबार चीनले अमेरिकी सेमिकन्डक्टर निर्माता क्वालकमविरुद्ध इस्रायली कम्पनी अटोटक्सको खरिदसम्बन्धी जाँच सुरु गरेको चीनको बजार नियामक निकायले जनाएको थियो।
चीनको राज्य बजार नियमन प्रशासनले उक्त खरिद प्रक्रियामा क्वालकमले कानूनी रूपमा आवश्यक विवरण नदिई चीनको एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) कानुन उल्लङ्घन गरेको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: २६ आश्विन २०८२, आईतवार