एचएमडीले नोकिया ८०० टफलाई अपग्रेडसहित पुनः प्रस्तुत गर्ने

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
एचएमडीले नोकिया ८०० टफलाई अपग्रेडसहित पुनः प्रस्तुत गर्ने

काठमाडौं ।

नोकिया ८०० टफ सन् २०१९ मा रिलिज भएको एक बलियो फिचर फोन हो। एचएमडीले अब उक्त फिचर फोनमा केही सुधारहरू प्रदान गर्दै दोस्रो पुस्ताको मोडेल अपडेट गर्न लागेको एक्समा एक टिपस्टरले खुलासा गरेका छन्।

डिजाइनको हिसाबले, यो फोन आफ्नो पूर्ववर्ती भन्दा फरक नहुने र लगभग उस्तै आयामहरूको साथमा लगभग समान लुक्स रहने बताइएको छ। यद्यपि, माइक्रो यूएसबी पोर्टलाई आधुनिक यूएसबी–सी कनेक्टरले प्रतिस्थापन गरिनेछ भने ओएसलाई काईओएस २.५.२ बाट काईओएस ३.१ मा अपडेट गरिने जनाइएको छ। यसले राम्रो एप कम्प्याटिबिलिटी र समग्रमा सहज प्रयोगकर्ता अनुभव सुनिश्चित गर्नेछ।

त्यसैगरी नोकिया ८०० टफका अन्य बाँकी सुविधाहरू र हार्डवेयर सम्भवतः उस्तै रहनेछन् जसमा आईपी६८ इन्ग्रेस सुरक्षा र एमआईएल–एसटीडी–८१० मिलिटरी–ग्रेड मानक समावेश हुनेछन्।

एचएमडीले यो फोन कहिले रिलिज गर्ने योजना बनाएको छ र यसको लागत कति हुनेछ भन्ने बारेमा भने कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार