भदौ मसान्तसम्म १७ करोडमाथिको ईभी फ्लाट चार्जर र मोबाइल फोन चार्जर भित्रियो

  • Technology Khabar | १७ आश्विन २०८२, शुक्रबार
भदौ मसान्तसम्म १७ करोडमाथिको ईभी फ्लाट चार्जर र मोबाइल फोन चार्जर भित्रियो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको दोस्रो महिना भदौभरीमा १७ करोडमाथिको ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल चार्जर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा १७ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २ लाख ६१ हजार ३२७ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल फोन चार्जर आयातबाट यो अवधिमा ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १७ मुलुकबाट ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल फोन चार्जर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ५ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको ३ हजार ३६५ थान ईभी गाडीको फ्लाट चार्जर तथा १ करोड १५ लाख ५८ हजार बराबरको १ लाख ४८ हजार ९४६ थान मोबाइल फोन चार्जर आयात भएको छ।

यस्तो छ विवरण

ईभी फ्लाट चार्जर

क्र.सं.‌ देश विवरण रकम हजारमा
चीन ३३६५ ५४१६१
भारत २१०१८ १६१८६
कुवेत
मलेसिया १०
कतार
अमेरिका १२
उज्बेकिस्तान

 

मोबाइल फोन चार्जर

 

क्र.सं.‌ देश विवरण रकम हजारमा
चीन १४८९४६ ११५५८
जर्मनी
हङकङ ३५ १७
भारत २४५८९ १४८४
इजरायल
कुवेत
मलेसिया
नेदरल्याण्ड्स
ओमान
१० कतार २६
११ साउदी अरेबिया १५
१२ थाइल्याण्ड
१३ यूएई १३
१४ बेलायत १५ १०
१५ अमेरिका ३४ २६
१६ उज्बेकिस्तान १०
१७ भियतनाम ६३२०२ ८८९५४

प्रकाशित: १७ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार