ड्रोन निर्माता डीजेआईलाई चिनियाँ सैन्य कम्पनीहरूको रक्षा विभागको सूचीबाट हटाउने प्रयास अस्विकार

  • Technology Khabar | १४ आश्विन २०८२, मंगलवार
ड्रोन निर्माता डीजेआईलाई चिनियाँ सैन्य कम्पनीहरूको रक्षा विभागको सूचीबाट हटाउने प्रयास अस्विकार
सांकेतिक तस्बिर

काठमाडौं ।

एक संघीय न्यायाधीशले ड्रोन निर्माता डीजेआईलाई चिनियाँ सैन्य कम्पनीहरूको रक्षा विभागको सूचीबाट हटाउने प्रयास अस्वीकार गरेका छन्। अमेरिकी जिल्ला न्यायाधीश पल फ्रिडम्यानले शुक्रबार रक्षा विभागले डीजेआई “चिनियाँ रक्षा औद्योगिक आधारमा योगदान गर्ने” पर्याप्त प्रमाण दिएको निर्णय सुनाएका हुन्।

टेकक्रञ्चका अनुसार रुस र युक्रेनबीचको युद्धमा परिमार्जित डीजेआई ड्रोन प्रयोग भएको उदाहरण दिँदै फ्रिडम्यानले लेखेका छन्, “डीजेआईको नीतिले सैन्य प्रयोगलाई रोक्छ वा रोक्दैन भन्ने कुरा अप्रासंगिक हो। यसले डीजेआईको प्रविधि सैद्धान्तिक र वास्तविक दुवै किसिमको सैन्य प्रयोगमा सक्षम भएको तथ्यलाई परिवर्तन गर्दैन।”

उही समयमा, न्यायाधीश फ्रिडम्यानले सूचीमा राख्ने अन्य केही आधारहरू भने अस्वीकार गरेका छन्।

व्यापार विभाग र कोष विभागसहितका अन्य सरकारी निकायहरूले डीजेआईलाई २०२२ मा रक्षा विभागको सूचीमा राखिनुअघि नै यस्तै सूचीमा राखेका थिए।

डीजेआईले गत वर्ष मुद्दा दायर गर्दा कम्पनी “चिनियाँ सेनाले स्वामित्व वा नियन्त्रण नगरेको” र “डीजेआईले उपभोक्ता र व्यावसायिक प्रयोगका लागि ड्रोन बनाउने, सैन्य ड्रोन बनाउने होइन भन्ने कुरा रक्षा विभाग आफैंले स्वीकार गरेको” दावी गरेको थियो।

मुद्दामा कम्पनीले सूचीमा परेको कारण “लगातार आर्थिक र प्रतिष्ठागत क्षति, व्यवसाय गुमाउनेसम्मको प्रभाव परेको” पनि उल्लेख गरेको थियो।

टेकक्रन्चले प्रतिक्रियाका लागि डीजेआईसँग सम्पर्क गरेको छ। रोयटर्सलाई भने कम्पनीले कानुनी विकल्पहरूबारे विचार गरिरहेको बताएको र न्यायाधीश फ्रिडम्यानको निर्णय “कहिल्यै सूचीमा नराखिएका अन्य धेरै कम्पनीहरूमा पनि लागू हुने एउटै आधारमा गरिएको” भनेको छ।

डीजेआईले अमेरिकामा अन्य कानुनी चुनौतीहरू पनि सामना गर्नुपर्ने भएको छ, जसअन्तर्गत यदि राष्ट्रिय सुरक्षा निकायले यसको ड्रोन “संयुक्त राज्यको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न नगर्ने” ठहर गरेन भने आगामी डिसेम्बरदेखि बिक्रीमा प्रतिबन्ध लाग्न सक्नेछ।

प्रकाशित: १४ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

उबरले ३,००० भन्दा बढी कर्मचारीहरु निकाल्दै

  • Technology Khabar
  • १४ आश्विन २०८२, मंगलवार