युरोपेली सङ्घको ड्रोन प्रतिरोध प्रणालीः प्रविधिमै आधारित सुरक्षा योजना

  • Technology Khabar | ११ आश्विन २०८२, शनिबार
युरोपेली सङ्घको ड्रोन प्रतिरोध प्रणालीः प्रविधिमै आधारित सुरक्षा योजना
सांकेतिक तस्बिर।

काठमाडौं ।

युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले शुक्रबारदेखि रूसबाट आउने मानवरहित हवाई यान (ड्रोन) का सम्भावित आक्रमणलाई रोक्नका लागि ड्रोन प्रतिरोध प्रणाली निर्माणसम्बन्धी प्रारम्भिक छलफल सुरु गरेका छन्।

हालसालै डेनमार्कमा केही विमानस्थलहरुमा अज्ञात ड्रोनका कारण अवरोध भएको घटना तथा पोल्यान्डमा नाटोले रूसी ड्रोनहरू खसालेको घटनाले युरोपको आकाशीय सुरक्षा आवश्यकताको महत्त्वलाई पुनः उजागर गरेको छ।

युरोपेली सङ्घका अध्यक्ष उर्सुला फन डर लायनले यस महिनाको सुरुमा दिएको सम्बोधनमा साझा प्रयासमा निर्माण गरिने यस्तो प्रणालीले युरोपेली भेउमा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी छन्।

युरोपेली सङ्घका रक्षा आयुक्त आन्द्रियुस कुबिलियसले करिब १० वटा सदस्य राष्ट्रका रक्षा अधिकारीहरूसँग भिडियो सम्मेलनमार्फत यस परियोजनाको आवश्यकताबारे थप छलफल गरेका छन्। छलफलमा पूर्वी सीमासँग जोडिएका देशहरू मुख्य सहभागी रहेको साथै युक्रेनलाई पनि समावेश गरिएको छ, जसले यस विषयमा आफ्ना अनुभव र प्रविधि उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यो परियोजनाको प्रारम्भिक चरणमा पूर्वी सीमामा ड्रोन पहिचान गर्ने संवेदनशील उपकरणहरू थपिने योजना रहेको छ भने थप समय लाग्ने भए तापनि एकीकृत ड्रोन खसाल्ने प्रणाली विकास गर्ने प्रयास पनि भइरहेको छ।

नाटोले पोल्यान्डमा रूसी ड्रोन आक्रमणमा महँगा लडाकु विमान र क्षेप्यास्त्र प्रयोग गर्नु परेको हुँदा, यस्ता सस्तो र प्रभावकारी प्रणाली विकास गर्नु अत्यन्त आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

युरोपेली सङ्घले यो परियोजनालाई आफ्नो रक्षा क्षमता सुदृढीकरणको लागि महत्वपूर्ण पहलको रूपमा लिएको छ । आगामी हप्ता कोपेनहेगनमा हुने शिखर सम्मेलनमा यस विषयमा थप विचार–विमर्श हुने छ। रासस/सिन्ह्वा

प्रकाशित: ११ आश्विन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • ११ आश्विन २०८२, शनिबार