पाठ्यक्रममा नवप्रवर्तनलाई समावेश गर्न सिटिइभीटीलाई शिक्षामन्त्री पुनको निर्देशन

  • Technology Khabar | १० आश्विन २०८२, शुक्रबार
पाठ्यक्रममा नवप्रवर्तनलाई समावेश गर्न सिटिइभीटीलाई शिक्षामन्त्री पुनको निर्देशन
फाइल तस्बिर

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन्।

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन्।

यस्तै एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने अर्को निर्देशन छ। परिषद्को कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण-सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउनुपर्नेछ।

त्यसैगरी, २०६९ सालदेखि हालसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदन छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेस गर्ने र सम्बन्धन दिने-नदिने निर्णय तुरुन्त गर्नुपर्नेछ।-रासस 

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १० आश्विन २०८२, शुक्रबार