चाडपर्व अवधिका लागि डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक संख्याको सीमा बढाईयो

  • Technology Khabar | १० आश्विन २०८२, शुक्रबार
चाडपर्व अवधिका लागि डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक संख्याको सीमा बढाईयो

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठसहितका प्रमुख चाडपर्वहरूलाई लक्षित गरेर व्यक्तिगत डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक संख्याको सीमालाई बढाएको छ।

प्राकृतिक व्यक्तिहरूले एक दिनमा अधिकतम १० पटकसम्म मात्र आफ्नो डिजिटल वालेटमा रकम जम्मा गर्न सक्थे। तर, चाडपर्वको विशेष अवधिका लागि राष्ट्र बैंकले यो सीमालाई बढाएर दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सकिने सुबिधा दिएको छ।

सूचनाअनुसार असोज १३ गतेदेखि २१ गतेसम्म तथा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मको अवधिमा उक्त सीमा कायम हुनेछ।

राष्ट्र बैंककाअनुसार, सेवाग्राहीहरूले दसैंको अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म र तिहार तथा छठको अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्।

यसैगरी, राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई चाडपर्व अवधिभरको कारोबार संख्या र कारोबार रकमको विवरण नियमित रूपमा बैंकमा बुझाउन निर्देशन समेत दिएको छ।

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...