भदौमा ८ अर्बमाथिको स्मार्टफोन आयात, साउनको तुलनामा ५ अर्ब ४५ करोडले बढी

  • Technology Khabar | ८ आश्विन २०८२, बुधबार
भदौमा ८ अर्बमाथिको स्मार्टफोन आयात, साउनको तुलनामा ५ अर्ब ४५ करोडले बढी

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रम अझ विस्ता हुँदै गइरहेको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना अर्थात् भदौसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात झन् झन् वृद्धि हुदै गइरहेको पाइएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो। यस अवधिमा उक्त रकम बराबरको १ लाख ३८ हजार ३३३ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

तर साउन मसान्तदेखि भदौ मसान्तसम्मको एक महिनामा स्मार्टफोनको सङ्ख्या र त्यसका लागि बाहिरिएको रकममा उल्लेख्य बढोत्तरी भएको छ।

साउनबाट भदौ मसान्तसम्म पुग्दा २ लाख ७० हजार ३६० थान स्मार्टफोन आयात भएर समग्रमा ५ लाख ८ हजार ९६३ पुगेको छ। यसैगरी रकम पनि ५ अर्ब ४५ करोड ६७ लाख ५८ हजारले वृद्धि भएर समग्रमा ८ अर्ब ८७ करोड ५९ लाख ८० हजार पुगेको छ।

चालु आवमा सरकारले स्मार्टफोनको आयातबाट १ अर्ब ६५ करोड ५८ लाख २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ३४ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट ६ अर्ब ६४ करोड ८६ लाख ३४ हजार रुपैयाँ बराबरको ४ लाख २८ हजार ९३२ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट २ अर्ब १४ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरको ७८ हजार ८८३ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

 

क्रं स देश विवरण (थान) रकम (हजारमा)
चीन ४२८९३२ ६६४८६३४
भारत ७८८८३ २१४८२३३
जापान २०३ १६६७०
यूएई २६२ २१७९८
अस्ट्रेलिया ८१ ९२५२
सं.रा. अमेरिका १०३ १०८२५
दक्षिण कोरिया ६२ ३८४५
कतार ४३ ५०७०
मलेसिया १५ ९२१
१० क्यानडा १४ १३८४
११ हङकङ ११ १३८४
१२ बेलायत २६ २४००

बाँकी ३२ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको विवरणले देखाएको छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार