
काठमाडौं ।
शाओमीले आफ्नो शाओमी १७ सिरिजको लन्च मिति पुष्टि गरेको छ। कम्पनीले चीनमा सेप्टेम्बर २५ (बिहीबार) तीनओटै मोडेलहरू अनावरण गर्ने भएको छ। फोनहरूसँगै, शाओमीले सोही दिन नयाँ प्याड ८ सिरिज पनि प्रस्तुत गर्नेछ।
फोनको लाइनअपमा स्ट्याण्डर्ड शाओमी १७, शाओमी १७ प्रो र शाओमी १७ प्रो म्याक्स समावेश छन्। साथै यी फोनहरू स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने पहिलो हुनेछन् जुन क्वालकमले सेप्टेम्बर २३ मा लन्च गर्ने तयारीमा रहेको छ।
शाओमीले हार्डवेयरको बारेमा भने अहिले धेरै जानकारीहरुको बारेमा खुलासा गरेको छैन। कम्पनीले शाओमी १७ लाई आफ्नो “सबैभन्दा शक्तिशाली स्ट्याण्डर्ड फ्ल्यागशिप” को रुपमा वर्णन गरेको छ भने १७ प्रो लाई “सबैभन्दा राम्रो कम्प्याक्ट इमेजिङ फ्ल्यागशिप” को रूपमा राखिएको छ।
त्यसैगरी सबैभन्दा माथि रहेको १७ प्रो म्याक्सलाई “अल्टिमेट पिक अफ शाओमीज इमेजिङ टेक्नोलोजी” को रूपमा वर्णन गरिएको छ।
के आशा गर्ने?
डिजाइनको हिसाबले, शाओमी १७ र १७ प्रोमा अल्ट्रा–थिन (पातलो) बेजेल्ससहित ६.३ इन्चको ओएलईडी डिस्प्ले हुने अपेक्षा गरिएको छ। ठूलो १७ प्रो म्याक्स भने ६.८ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ। यस बाहेक तीनओटै फोनमा २के रिजोल्युसन ओएलईडी प्यानलहरू हुने हल्ला रहेको छ।
त्यसैगरी प्रो र प्रो म्याक्सको पछाडिको भागमा डिस्प्ले पनि रहने बताइएको छ। उक्त डिस्प्लेले नोटिफिकेसनहरू, टाइम डिस्प्ले (समय देखाउने), मल्टिटास्किङ, एआई इन्टरएक्सनहरू र क्रस–डिभाइस फङ्शनहरूलाई समर्थन गर्नेछ।
बेस शाओमी १७ मा ७,००० एमएएच ब्याट्री हुने बताइएको छ भने प्रो म्याक्समा ७,५००एमएएच सम्मको प्याक ब्याट्री गर्न सकिने सम्भावनाको उल्लेख गरिएको छ। साथै कम्प्याक्ट १७ प्रोमा पनि वायरलेस चार्जिङ समर्थन सहितको ६,३००एमएएच सेल रहने बताइएको छ।
क्यामराको कुरा गर्ने हो भने, १७ प्रो र प्रो म्याक्समा ट्रिपल ५०–मेगापिक्सेल क्यामरा सेटअप हुने हल्ला छ जसमा मुख्य स्मार्टसेन्स ५९० सेन्सर, अल्ट्रा–वाइड र म्याक्रो सपोर्ट भएको पेरिस्कोप टेलिफोटो लेन्स समावेश छ।
तीनवटै फोनमा लाइका इमेजिङ अप्टिमाइजेसन र अटोफोकस भएको ५०–मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार