मन्त्रिपरिषदमा पाँच नयाँ अनुहार थपिँदै, सञ्चारमन्त्रीमा जगदिश खरेल

Technology Khabar ६ आश्विन २०८२, सोमबार

मन्त्रिपरिषदमा पाँच नयाँ अनुहार थपिँदै, सञ्चारमन्त्रीमा जगदिश खरेल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।फाइल तस्बिर

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री हुनेहरुको शपथ आज दिउँसो २ बजेका लागि तोकिएको छ। कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री नियुक्तिको सिफारिस गरेकी छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गरेकी हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्। उनी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। त्यसैगरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीमा आविष्कार केन्द्रका संस्थापक महावीर पुन, डा. मदनप्रसाद परियार, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी हुन्।

कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार सिफारिस भएका छन्। उनी समता फाउन्डेसनका अध्यक्ष तथा संविधान सभाको राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका अध्यक्षको जिम्मेवारीमा रहिसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा सिफारिस भएकी छन्। तर उनको विषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताईएको छ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल सिफारिस भएका छन्। अढाइ दशकभन्दा लामो समयदेखि पत्रकारितामा रहेका उनी हाल इमेज टेलिभिजनमा समाचार प्रमुखको पदमा कार्यरत छन्।

हाल सरकारमा तीन मन्त्रिहरु मात्र रहेका छन्।

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया