स्वाचले नयाँ घडी प्रयोग गर्दै ट्रम्पको करको ‘खिल्ली’ उडायो

  • Technology Khabar | १ आश्विन २०८२, बुधबार
स्वाचले नयाँ घडी प्रयोग गर्दै ट्रम्पको करको ‘खिल्ली’ उडायो

काठमाडौं ।

स्विस घडी निर्माता स्वाचले ३ र ९ अंक उल्ट्याएर घडीहरूको विशेष सिरिज लन्च गर्दै अमेरिकाको ३९ प्रतिशत करको विरुद्धमा असामान्य विरोध जनाएको छ।

१३९ स्विस फ्र्याङ्कको मूल्य रहेको यो घडी स्थानीय रूपमा मात्र उपलब्ध हुने र यसमा भन्सार शुल्क नलाग्ने भनी स्वाचले बताएको छ भने यो सिरिज सीमित हुने आशा गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

रोयटर्सको रिपोर्ट अनुसार, संयुक्त राज्य अमेरिकाले स्विट्जरल्याण्डमा गत महिना लगाएको ३९ प्रतिशत करको कारण, कम्पनीले अमेरिकी बजारमा आफ्ना उत्पादनहरूको मूल्य पाँच देखि १५ प्रतिशतले बढाउने स्वाचका सीईओ निक हायेकले जानकारी दिएका छन्।

विगत महिना अमेरिकामा स्विस आयातमा कर घटाउने सम्झौतामा पुग्ने स्विस राष्ट्रपति करिन केलर–सुटरको प्रयास असफल भएको र स्विस सामानहरूमा अमेरिकी कर युरोपमा उच्चतम रहेको थप उल्लेख गरिएको छ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक दुई देशहरू चाँडै सम्झौतामा पुग्नेछन् भनि विश्वस्त रहेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • १ आश्विन २०८२, बुधबार