स्पोटिफाईको फ्रि प्लान मार्फत अब चाहेको कुनै पनि ट्र्याक तुरुन्तै सुन्न सकिने

  • Technology Khabar | १ आश्विन २०८२, बुधबार
स्पोटिफाईको फ्रि प्लान मार्फत अब चाहेको कुनै पनि ट्र्याक तुरुन्तै सुन्न सकिने

काठमाडौं ।

स्पोटिफाईको फ्रि प्लान मार्फत अब चाहेको कुनै पनि ट्र्याक तुरुन्तै सुन्न सकिने भएको छ। केही दिन अघि स्पोटिफाईले आफ्ना प्रयोगकर्ताहरूका धेरै वर्षको अपेक्षा पछि अन्ततः लसलेस अडियोको रोलआउटको घोषणा गरेको थियो।

स्पोटिफाईको फ्रि प्लानले अब प्लेलिस्टबाट छानेर वा खोजी गरेर प्रयोगकर्तालाई चाहेको कुनै पनि ट्र्याक सुन्न दिनेछ। यस अघि यस्तो सुविधा उपलब्ध नभएको हुनाले आफूले चाहेको कुरा समावेश गर्न सफल्ड प्लेलिस्ट सुन्नुपर्ने अवस्था रहेको थियो। साथै यो प्रिमियम योजनाको लागि तिर्न लगाउनको लागि कम्पनीले त्यस्तो गरेको रिपोर्ट गरिएको छ।

स्पोटिफाईले अहिले यो योजनामा किन परिवर्तन गर्ने निर्णय गर्यो भन्ने बारेमा स्पष्टता नएको तर यो फ्रि प्लानमा रहेकाहरूका लागि निश्चित रूपमा धेरै स्वागतयोग्य कार्य भएको उल्लेख गरिएको छ। यस बाहेक ट्र्याक स्किप गर्नको लागि सीमित समय र कम गुणस्तरका स्ट्रिमहरू पनि प्राप्त गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १ आश्विन २०८२, बुधबार