एनसेलले भन्यो- अत्यावश्यक सेवा तथा सम्पत्ति माथि क्षति नपुर्याईदिनुस्, दियो दुई दिनका लागि निःशुल्क भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा

Technology Khabar २४ भाद्र २०८२, मंगलवार

एनसेलले भन्यो- अत्यावश्यक सेवा तथा सम्पत्ति माथि क्षति नपुर्याईदिनुस्, दियो दुई दिनका लागि निःशुल्क भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा

काठमाडौं ।

एनसेल आजियाटाले केन्द्रीय कार्यालयमा आज आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड गरेको विषयमा चिन्ता जाहेर गरेको छ।

कम्पनीले विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवा तथा सम्पत्ति माथि कुनै पनि क्षति नपुर्याइदिन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नुहुन आग्रह गरेको छ।

“दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने सुनिश्चित छ,” कम्पनीले भनेको छ, “आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्नु हाम्रो प्राथमिकता हो।”

कम्पनीले उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताको लागि, आजदेखि लागु हुने गरी आगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी गराएको छ।

यसैगरी, एनसेल परिवार देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको र यस दुःखद घडिमा मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया