Technology Khabar २२ भाद्र २०८२, आईतवार
काठमाडौं ।
सामसङले आधिकारिक रूपमा आफ्नो ग्यालेक्सी ट्याब एस११ लाइनअप अनावरण गरेको छ। लाइनअपले हाई–इण्ड हार्डवेयर, सुपर स्लिम डिजाइन, र टल (अग्लो), भाइब्रेण्ट डिस्प्लेसहितको दुईओटा प्रिमियम ट्याब्लेटहरू ल्याएको छ। पछिल्लो मिडियाटेक फ्ल्यागशिप चिपसेटदेखि ग्यालेक्सी एआई कार्यक्षमतासहितको ग्यालेक्सी ट्याब एस११ र ग्यालेक्सी ट्याब एस११ अल्ट्रा ब्राण्डका उत्कृष्ट ट्याब्लेटहरू भएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
सामसङ ग्यालेक्सी ट्याब एस११ अल्ट्राः
ग्यालेक्सी ट्याब एस११ अल्ट्रा सामसङको पछिल्लो र उत्कृष्ट ट्याब्लेटको रूपमा आएको उल्लेख गरिएको छ। यो ट्याब्लेटमा फ्ल्यागशिप स्तरको स्पेक्स र सुविधाहरू प्राप्त गरिने बताइएको छ जुन सबै सुपर स्लिम र प्रिमियम ५.१ एमएम बडी (लगभग ६९५ ग्राम तौल) मा प्याक गरिएका छन्। यो ट्याब्लेट एप्पल आईप्याड भन्दा पनि पातलो भएको जनाइएको छ। ग्यालेक्सी ट्याब एस११ अल्ट्रामा २९६० × १८४८ रिजोल्युसन, १६०० निट्स पीक ब्राइटनेस, ५.२ एमएम बेजेल र १२० हर्ज रिफ्रेस रेटको साथ विशाल १४.६ इन्चको डायनामिक एएमओएलईडी २एक्स डिस्प्ले समावेश गरिएको छ।
ग्यालेक्सी ट्याब एस११ अल्ट्रा मिडियाटेकको सबैभन्दा शक्तिशाली चिपसेट डाइमेन्सिटी ९४००+ ले सुसज्जित रहेको छ। उक्त हाई–इण्ड प्रोसेसरलाई १६जीबी सम्मको र्याम र १टीबी आन्तरिक स्टोरेजसँग जोडिएको छ। प्रयोगकर्ताहरूले माइक्रोएसडी कार्ड स्लट मार्फत २टीबी सम्म स्टोरेज विस्तार गर्न पनि सक्नेछन्। यस मोडेलमा विशाल ११,६००एमएएच ब्याट्री प्याक समावेश गरिएको छ जसले ४५वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। डाइमेन्सिटी ९४००+ मा तिव्र एनपीयू पनि रहेको छ जसले ग्यालेक्सी एआई र विभिन्न एआई संचालित टुल्सहरूलाई शक्ति प्रदान गर्दछ।
यस ट्याब्लेटमा सर्कल टु सर्च जस्ता अन्य लोकप्रिय सुविधाहरूसँगै उत्पादकत्व कार्यहरूको लागि ड्रइङ एसिस्ट र राइटिङ एसिस्ट समावेश गरिएको छ। सामसङ डेएक्सको कारणले गर्दा यो मोडेललाई पीसीको रूपमा पनि प्रयोग गर्न सकिने छ। सामसङले १३ मेगापिक्सेलको मुख्य र ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्सको साथ ट्याब्लेटको पछाडि डुअल क्यामरा सेटअप प्रदान गरेको छ। त्यसैगरी, ट्याब्लेटको अगाडि सेल्फी र भिडियो कलहरूको लागि १२ मेगापिक्सेलको शूटर राखिएको छ। फाइभजी र वाईफाई दुवै वन्लि भेरियन्टहरूको अन्य उल्लेखनीय सुविधाहरूमा वाईफाई ७, ब्लुटुथ ५.४ समावेश गरिएका छन्।
सामसङ ग्यालेक्सी ट्याब एस११ः
बेस ग्यालेक्सी ट्याब एस११ धेरै हटसम्म ग्यालेक्सी ट्याब एस११ अल्ट्रा सँग मिल्दोजुल्दो भएको बताइएको छ। ट्याब्लेटमा सबै नयाँ एआई टुल्सहरू सहित उही एन्ड्रोइड १६ ओएसमा आधारित वान यूआई ८ कस्टम स्किन रहेको जनाइएको छ। यो ट्याब्लेट डाइमेन्सिटी ९४००+ चिपद्वारा संचालित हुने बताइएको छ। यद्यपि, मानक मोडेलले २५६० × १६०० रिजोल्युसन, १६०० निट्स पीक ब्राइटनेस र १२० हर्ज रिफ्रेस रेट सहितको ११–इन्चको डायनामिक एएमओएलईडी २एक्स प्यानल प्राप्त गरेको छ।
सामसङ ग्यालेक्सी ट्याब एस११ ले एल्युमिनियम आर्मर फ्रेम फिर्ता ल्याइएको छ। साथै ट्याब्लेटमा पानी र धुलो प्रतिरोधको लागि आईपी६८ मूल्याङ्कन पनि प्रदान गरिएको छ। यद्यपि, यस ट्याब्लेटमा अल्ट्रा वाइड क्यामराको अभावको साथ बाक्लो ५.५एमएम चेसिस, वाईफाई ६ई, र सानो ८,४०० एमएएच सेल जस्ता केही डाउनग्रेडहरू रहेका छन्। अन्य समान सुविधाहरूमा नयाँ एस पेन, क्वाड स्पिकरहरू, र स्टोरेज विस्तारको लागि माइक्रोएसडी कार्ड स्लट समावेश गरिएका छन्।
मूल्य निर्धारण र उपलब्धताः
सामसङले ग्यालेक्सी ट्याब एस११ र ग्यालेक्सी ट्याब एस११ अल्ट्रा दुवैलाई सिल्भर र ग्रे गरी दुई रङ्ग विकल्पहरूमा घोषणा गरेको छ। दुवै मोडेलहरू खरिदका लागि उपलब्ध भएको र भारतमा पनि प्रि–रिजर्भेसनहरू लाइभ हुने भएका छन्। मूल्य निर्धारण विवरणहरू यहाँ छन्ः
ग्यालेक्सी ट्याब एस११ अल्ट्राः
ग्यालेक्सी ट्याब एस११ः
प्रकाशित: २२ भाद्र २०८२, आईतवार