साउनमा २० हजार सिम कार्ड आयात, गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा २० हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको चालु आर्थिक वर्षको साउन महिनसम्मको वैदेशिक व्यापार विवरण साउनमा ९ लाख ३२ हजार रुपैयाँ बराबरको २० हजार १५ थान सिम कार्ड आयात भएको छ।

सिम कार्ड आयातबाट सरकारले २ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन र मेक्सिको गरी विश्वका तीन देशबाट आएको देखिन्छ।

साउनमा सबैभन्दा बढी अर्थात् १५ हजार थान सिम कार्ड मेक्सिकोबाट नेपाल आएको छ। यसको समग्र मूल्य ८८ हजार परेको छ।

यसैगरी अष्ट्रेलियाबाट ५ हजार थान र चीनबाट सबैभन्दा थोरै अर्थात् १५ थान सिमकार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ। यिनीहरुको मूल्य क्रमश: ६ लाख ९४ हजार र १ लाख ५० हजार रुपैयाँ रहेको छ।

यस्तो छ विवरण

क्र. सं.देशपरिमाणरकम हजारमा
अस्ट्रेलिया५०००८८
चीन१५६९४
मेक्सिको१५०००१५०

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया