‘जेरी अन टप’ नेपालसहित दर्जनबढी देशमा ‘यूट्युब मुभिज ट्रेन्डिङ चार्ट’ तर्फ शीर्ष स्थानमा

  • Technology Khabar | १३ भाद्र २०८२, शुक्रबार
‘जेरी अन टप’ नेपालसहित दर्जनबढी देशमा ‘यूट्युब मुभिज ट्रेन्डिङ चार्ट’ तर्फ शीर्ष स्थानमा

काठमाडौं ।

गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ। रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ।

यूट्युबमा ‘जेरी अन टप टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ट’ तर्फ अग्रस्थान ओगटेको छ। विदेशका यो फिल्मको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गरेको निर्माण पक्षको दावी छ।

यूट्युब, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक्सन भिडियोमा यो फिल्म बहु–प्रतिक्षितको रुपमा व्यख्या गरिएको छ। सगरमाथा आरोहणको कथा जोडिएको यो फिल्ममा समावेश दृश्यहरू, कलाकारको अभिनय कला, ब्याकग्राउण्ड म्युजिक, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन्।

यो फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ’माग्नेबुढा’, भुवन केसी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १३ भाद्र २०८२, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १३ भाद्र २०८२, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १३ भाद्र २०८२, शुक्रबार