ताजा समाचार

खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित
Global IME Bank

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो स्टारशिप रकेटको दशौं उडान परीक्षण खराब मौसमका कारण स्थगित गरेको छ।

स्पेसएक्सको ‘स्टारशिप’ एउटा अत्याधुनिक पुनः प्रयोगयोग्य अन्तरिक्षयान हो, जसले मानिस र मालसामानलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगलग्रह र अन्य अन्तरिक्ष गन्तव्यहरूमा लैजान सक्षम छ। स्टारशिपले अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रक्षेपण, अन्तरिक्ष पर्यटन र दीर्घकालीन अन्तरिक्ष अन्वेषणका लागि नयाँ सम्भावनाहरू खोल्दैछ।

स्पेसएक्सले टेक्सासस्थित आफ्नो स्टारबेस सुविधाबाट भएको यो प्रक्षेपण सुरुमा आइतबार गर्ने योजना थियो, तर भूमिगत प्रणालीमा देखिएको समस्या र प्रक्षेपण पुनः तालिका मिलाउनुपर्ने कारणले एक दिन पछि सारिएको थियो।

सोमबारको प्रक्षेपण प्रयासमा, प्रक्षेपण ४० सेकेन्डअघि रोकिएको थियो र स्पेसएक्सले सामाजिक संजाल प्लेटफर्म एक्समा खराब मौसमका कारण यो उडान रद्द गरिएको जानकारी दिएको छ।

कम्पनीले भनेको छ,“हामी अहिले अर्को उपयुक्त समय खोज्दैछौं र छिट्टै नयाँ प्रक्षेपण मिति तय गर्नेछौं ।”

दशौं उडान परीक्षणमा अघिल्ला मिशनहरूजस्तै स्टारशिपको पहिलो पेलोड पठाउने र पुनः प्रवेश गर्ने विभिन्न प्रयोगहरू गरिने अपेक्षा गरिएको छ। यी प्रयोगहरू प्रक्षेपण स्थलमा माथिल्लो चरणको सुरक्षित फिर्ता सुनिश्चित गर्न केन्द्रित छन् ।

स्पेसएक्सको स्टारशिप अन्तरिक्षयान र सुपर हेभी रकेटलाई संयुक्त रूपमा स्टारशिप भनिन्छ, जुन पृथ्वीको कक्ष, चन्द्रमा, मार्स र त्यसभन्दा पर रहेका गन्तव्यहरूमा चालक दल र मालसामान बोक्न सक्ने पूर्ण रूपमा पुनः प्रयोगयोग्य यातायात प्रणाली हो। रासस/सिन्ह्वा

Sajilo Visa
easy care