गुगलले एन्ड्रोइडको क्विक सेयरलाई आईफोनहरूमा काम गर्ने बनाउने

Technology Khabar ११ भाद्र २०८२, बुधबार

काठमाडौं ।

गुगल र सामसङले गत वर्ष एन्ड्रोइडमा एकीकृत रूपमा क्विक सेयर लन्च गरेका थिए। सर्च जायन्टले क्विक सेयरलाई अब कुनै न कुनै रूपमा आईफोनहरूसँग उपयुक्त बनाउन व्यस्त रहेको जस्तो देखिएको रिपोर्ट गरिएको छ।

पछिल्लो गुगल प्ले सर्भिसेस् बिटा एपको टियरडाउनले वास्तवमा लगभग एक वर्ष अघिको प्रारम्भिक रिपोर्टलाई पुष्टि गरेको उल्लेख गरिएको छ। यसको लागि केही समय लाग्ने भए तापनि यो सुविधा आउने स्पष्ट भएको जनाइएको छ। यो फङ्गसन्यालिटीमा, आफ्नो एन्ड्रोइड स्मार्टफोनमा आफ्नो गुगल खातामा साइन इन नगरी आईफोनसँग केहि साझा गर्ने प्रयास गर्दा देखिने एउटा स्क्रिनको झलक प्रस्तुत गरिएको छः
एन्ड्रोइड फोनबाट आईफोनमा केही पठाउन क्विक सेयर प्रयोग गर्न साइन इन गर्नुपर्ने बताइएको छ भने अर्को एन्ड्रोइड डिभाइसमा क्विक सेयर प्रयोग गर्नको लागि साइन इनको आवश्यकता नपर्ने उल्लेख गरिएको छ।

यो भिन्नताको बारेमा भने स्पष्टता नभएको उल्लेख गरिएको छ। क्विक सेयरले काम गर्नको लागि प्रयोगकर्ताहरूले सायद आईफोनमा गुगल खाता प्रयोग गर्नुपर्ने (सम्भवतः गुगल एप मार्फत?) आवश्यकता पर्न सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

यद्यपि, यस बिन्दुमा यो सबै अनुमानहरू मात्र भएको उल्लेख गरिएको छ। यो सुविधामा अझै काम भइरहेको र यो अब पछिल्लो गुगल प्ले सर्भिसेस् बिटा एपमा आंशिक रूपमा एकीकृत हुने भएकोले यसको सार्वजनिक रिलीज नजिक रहेको अनुमान गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया