एकै महिनामा दुई करोड हाराहारीको स्मार्ट वाच आयात

Technology Khabar ९ भाद्र २०८२, सोमबार

एकै महिनामा दुई करोड हाराहारीको स्मार्ट वाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन मसान्तसम्म साढे २ करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को साउन मसान्चसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा १ करोड ९० लाख ६७ हजार बराबरको ४ हजार ४९३ थान स्मार्टवाच आयात भएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्म स्मार्टवाचका लागि १ करोड ९० लाख ६७ हजार रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ५७ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो पहिलो महिनामा नेपालमा विश्वका १२ मुलुकबाट गरी ४ हजार ४३९ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै २ हजार ८ सय थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ६२ लाख ४४ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ४१ लाख ५८ हजार बराबरको १ हजार ३८० थान र भियतनामबाट ८५ लाख ६० बराबरको २१५ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसं देश विवरण रकम (हजारमा)
अस्ट्रेलिया
चीन २८०० ६२४४
भारत १३८० ४१५८
इजरायल
कुवेत
ओमन
कतार
साउदी अरेबिया ११
यूएई ५३
१० बेलायत ३७
११ अमेरिका
१२ भियतनाम २१५ ८५६०

अन्य मुलुकहरुबाट पनि १ हजारदेखि बढीमा ५३ हजारसम्मका १ देखि ११ थानसम्म स्मार्ट वाच आयात भएको पाइएको छ।

Sajilo Visa

प्रकाशित: ९ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार