डेनमार्कका हाई स्कूलका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न पाउने

  • Technology Khabar | ९ भाद्र २०८२, सोमबार
डेनमार्कका हाई स्कूलका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न पाउने

काठमाडौं ।

अर्को वर्षदेखि धेरै डेनिस हाई स्कूलका विद्यार्थीहरूले आफ्नो अन्तिम अंग्रेजी परीक्षाको मौखिक भागमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न सक्षम हुनेछन् भनि डेनमार्कको शिक्षा मन्त्रालयले घोषणा गरेको छ।

परीक्षाको समयमा, विद्यार्थीहरूले मौखिक भागको तयारी चरणमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न पाउने छन् भने उनीहरूले विषय डिजाइन गरेपछि उनीहरूसँग तयारी गर्न एक घण्टाको समय हुने उल्लेख गरिएको छ। अब सबै विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स टुल्सहरू प्रयोग गर्न सक्षम हुने भएका छन् जुन अहिलेसम्म अनुमति दिइएको थिएन भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

विद्यार्थीहरूले त्यसपछि परीक्षकको अगाडि दिइएको विषयमा मौखिक प्रस्तुति दिनुपर्नेछ भनि रिपोर्टमा थप उल्लेख गरिएको छ।

सन् २००८ देखि परीक्षाको समयमा नियमित इन्टरनेट प्रयोगलाई अनुमति दिँदै आएको डेनमार्कले सिकाइ मार्फत डिजिटल विकासलाई प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ।

“हामी सही सन्तुलन खोज्न यी प्रयोगहरू सुरु गर्दैछौं” शिक्षा मन्त्री माथियास टेस्फेले भने।

जब विद्यार्थीहरू डिजिटल र एनलग दुवै संसारमा विकास गर्छन्, तिनीहरू स्कूल पछि पर्खिरहेको वास्तविकताको लागि राम्रोसँग तयार हुनेछन् भनि उनले थप उल्लेख गरे।

त्यसैगरी अङ्ग्रेजी परीक्षाको समयमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग स्वेच्छाले यो चरणको लागि आवेदन दिने माध्यमिक विद्यालयहरूलाई उपलब्ध गराइने बताइएको छ।

प्रकाशित: ९ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal signs loan agreement with ADB for digital transformation

  • Technology Khabar
  • ९ भाद्र २०८२, सोमबार