Technology Khabar ९ भाद्र २०८२, सोमबार
काठमाडौं ।
एप्पलको फाइनवोभन कम्पनीका केसहरू विश्वसनीयताको हिसाबले असफल भएको हुनाले कम्पनीले तिनीहरूलाई बनाउन बन्द गर्नुपरेको थियो।
तर कम्पनीले अब आईफोन १७ परिवारको लागि पुनः ब्राण्ड गरिएको टेकवोभन नामका केसहरूको साथ पुनरागमन गर्ने भएको छ।
यसपटक पनि प्रिमियम केस लाइनअपमा लेदर (छाला) समावेश नगर्ने पहिलेकै विचार कम्पनीको छ। तस्बिरहरुमा देखा परे अनुसार टेकवोभन केसहरू विभिन्न रङ्गहरूमा उपलब्ध हुनेछन्। तिनीहरू सबै चार आईफोन १७ डिभाइसहरूको लागि उपलब्ध हुनेछन् भने फरक मोडेलहरूको लागि फरक रङहरू हुन सक्ने सम्भावना रहेको छ।
केसहरूमा बाक्लो, थोरै टेक्स्च्र विभ (बुनाई) रहेको देख्न सकिनेछ जसले ग्रिप सुधार गर्दछ र वेयरको संकेतहरू कम गर्ने एप्पलले आशा गरेको छ। यिनीहरु ग्लास (चमक) फिनिसमा नहुने र हप्तादिनको प्रयोग पछि पनि सुरुको उही कायम एकरूप कायम राख्ने अपेक्षा गरिएको छ।
तिनीहरूका बटनहरू मेटालिक हुनेछन् र केही केसहरूमा विपरीत रङ्गहरू देख्न सकिने छ। म्यागसेफ जस्तै क्यामरा कन्ट्रोल अवश्य पनि केसहरू मार्फत समर्थित हुने जनाइएको छ।
केसहरूको तल्लो किनारामा दुईवटा ओपनिङ्गहरू पनि रहेको उल्लेख गरिएको छ जुन काँधको स्ट्र्याप र अन्य त्यस्ता एक्सेसरिजहरू समायोजन गर्न डिजाइन गरिएको बताइएको छ। यी टेकवोभन केसहरू वास्तवमा विगतका फाइनवोभन केसहरू भन्दा राम्रो साबित हुन्छन् कि हुँदैनन् भनेर जान्नको लागि पर्खनु पर्नेछ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ भाद्र २०८२, सोमबार