कल अफ ड्युटीः ब्ल्याक अप्स ७ रिलिज हुने मितिको खुलासा
काठमाडौं ।
सबैभन्दा लोकप्रिय गेमिङ फ्रान्चाइजीहरू मध्ये एक मानिएको कल अफ ड्युटीले चाँडै नै यसको अर्को सिक्वेल प्राप्त गर्ने भएको छ।
ब्ल्याक अप्स ७ नोभेम्बर १४, २०२५ मा प्लेस्टेशन ४ र ५, एक्सबक्स वान, एक्सबक्स सिरिज एक्स÷एस र पीसी (ब्याटल डट नेट र स्टीम मार्फत) को लागि रिलिज हुने गेमस्कमको समयमा पुष्टि भएको उल्लेख गरिएको छ। साथै यो भिडियो गेम एक्सबक्स गेम पास अल्टिमेटका सदस्यहरूका लागि पहिलो दिनदेखि नै उपलब्ध हुने रिपोर्ट गरिएको छ।
सन् २०३५ मा सेट गरिएको खेलमा राउल मेनेन्डेज र डेभिड मेसन जस्ता लेजेण्डरी पात्रहरूको पुनरागमन प्रस्तुत गरिनेछ। खेलले गाढा विषयवस्तुहरू र डर मार्फत हेरफेरको अन्वेषण गर्ने बताइएको छ भने केही प्रशंसकहरूले मेनेन्डेज वास्तवमा एक आर्टिफिसियल इन्टेलिजेन्स हुन सक्ने अनुमान लगाएका छन्।
यो क्यामपेनमा पहिलो पटक चार खेलाडीहरू कोअपरेटिभ मोडमा खेल्न सक्ने छन्। साथै यसमा विश्वभरका मिसनहरू जस्तै जापान र भूमध्यसागरदेखि ह्युम्यान माइण्ड (मानव दिमाग) का भागहरू समावेश रहेका छन्।
रोग–लाइक इलिमेण्टहरू सहितको “इण्डगेम” नामक नयाँ मोड पनि प्रस्तुत गरिएको बताइएको छ भने प्राप्त प्रगति क्यामपेन, मल्टिप्लेयर, जोम्बी र वारजोन मोडहरू बीच स्थानान्तरण गरिने रिपोर्ट गरिएको छ।
सुरुवातमा, खेलाडीहरूले ६ भर्सेस ६ ब्याटल (लडाई) हरूको लागि १६ ओटा म्याप्स (नक्सा) र २० भर्सेस २० को लागि दुई ठूला म्याप्स (नक्सा) हरूमा पहुँच पाउनेछन्। साथै नयाँ “ओम्निमुभमेन्ट” मुभमेण्ट सिस्टमले उन्नत एक्रोबेटिक क्षमताहरू ल्याउने उल्लेख गरिएको छ। जोम्बी फ्यानहरूले अहिलेसम्मको सबैभन्दा ठूलो म्याप (नक्सा), सर्वाइभल मोड, साथै “डेड अप्स आर्केड ४” को आनन्द लिन सक्ने उल्लेख गरिएको छ।
खेलको मानक संस्करणको मूल्य ८० यूरो हुनेछ भने “भल्ट एडिशन” ११० यूरोमा उपलब्ध हुनेछ। ओपन बिटा अक्टोबर २–८ को लागि निर्धारित रहेको र प्रि–अर्डर गर्ने वा गेम पास भएकाहरूले प्रारम्भिक पहुँच पाउने टेलीग्राफले रिपोर्ट गरेको छ।