गुगल पिक्सेल १० सिरिजले स्याटेलाइट मार्फत व्हाट्सएप भ्वाइस र भिडियो कलहरूलाई समर्थन गर्ने

  • Technology Khabar | ८ भाद्र २०८२, आईतवार
गुगल पिक्सेल १० सिरिजले स्याटेलाइट मार्फत व्हाट्सएप भ्वाइस र भिडियो कलहरूलाई समर्थन गर्ने

काठमाडौं ।

गुगलले केही दिन अघि पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड अनावरण गरेको थियो। यसै क्रममा कम्पनीले पिक्सेल १० सिरिजमा पहिलो पटक नयाँ सुविधाको घोषणा गरेको छ।

गुगल पिक्सेल १० सिरिजका फोनहरूले अब स्याटेलाइट कनेक्टिभिटी मार्फत व्हाट्सएप भ्वाइस र भिडियो कलहरूको लागि समर्थन प्रदान गर्ने भएका छन्। यो सुविधाले अगस्ट २८ देखि काम गर्न सुरु गर्नेछ भनि कम्पनीले एक्स पोस्टमा घोषणा गरेको छ।

यो सुविधा पार्टिसिपेटिङ्ग क्यारियरको लागि सीमित हुन सक्ने र अतिरिक्त शुल्क लाग्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै रिलीज मिति नजिकिँदै गर्दा आगामी केही दिनहरूमा क्यारियरहरूबाट थप जानकारी आउने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार