नेपाल टेलिकमको थप शेयर चालु आर्थिक वर्षभित्रै सर्वसाधारणलाई जारी गरिने

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
नेपाल टेलिकमको थप शेयर चालु आर्थिक वर्षभित्रै सर्वसाधारणलाई जारी गरिने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षभित्रै नेपाल टेलिकमको थप शेयर सर्वसाधारणालाई जारी गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज आयोजित गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माणको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सर्वसाधारणको अपनत्व हुनेगरी थप शेयर जारी गर्ने बताए।

उनले सरकारी नियन्त्रणमा रहेको नेपाल टेलिकमको शेयर ३० प्रतिशतसम्म सर्वसाधारणलाई दिइने बताए।

“अहिले नेपाल टेलिकममा करिब ८ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ। त्यसलाई यसैवर्ष बढाएर ३० प्रतिशत बनाउने हो,” उनले भने, “मेरो कार्यसम्पादन सम्झौतामा समेत यहि उल्लेख छ।”

उनले यसको लागि प्रकृया मिलाउननै समय लाग्ने हुँदा अहिलेदेखिनै शुरु गर्नुपर्ने बताए। सर्वसाधारणको शेयर बढदा कम्पनीमा आम जनताको विश्वास बढ्ने उनले उल्लेख गरे।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • ३० श्रावण २०८२, शुक्रबार