आईफोन १७ प्रोमा एन्टेनाहरू रिपोजिसन गरिने सम्भावना

  • Technology Khabar | २८ श्रावण २०८२, बुधबार
आईफोन १७ प्रोमा एन्टेनाहरू रिपोजिसन गरिने सम्भावना

काठमाडौं ।

एप्पलले सेप्टेम्बर ९ मा आईफोन १७ परिवार अनावरण गर्ने अपेक्षा गरिएको छ। अनावरणको दिन नजिकिँदै जाँदा आईफोन १७ सिरिजको बारेमा धेरै भन्दा धेरै हल्लाहरू बाहिर आइरहेका छन्। यसै क्रममा अब आगामी आईफोन १७ प्रो (र सम्भवतः आईफोन १७ प्रो म्याक्स पनि) मा एन्टेना रिपोजिसन गरिने नयाँ विवरण बाहिरिएको छ।

एन्टेनाहरू पछाडिको क्यामरा मोड्युल वरिपरि रिपोजिसन गरिने अनुमान गरिएको छ जुन डिभाइसको चौडाइभर नै फैलिने बताइएको छ। साथै यो यस वर्ष आउने भनिएको सबैभन्दा धेरै अफवाहमा रहेको डिजाइन परिवर्तनहरू मध्ये एक हो।

एप्पलको एन्टेना रिपोजिसन गरिने कार्यको प्रेरणा भने एप्पल वाच अल्ट्रा र अल्ट्रा २ हुन सक्ने बताइएको छ। दुवै एप्पल वाचले रिसेप्सन र सिग्नल स्टेबिलिटीलाई अधिकतम बनाउन रणनीतिक रूपमा एकीकृत एन्टेनाहरू समावेश गरेको अफवाहको स्रोतले उल्लेख गरेको छ।

हालका आईफोनहरूले फ्रेममा देखिने ब्रेकहरू सहित सिग्नलहरू पास गर्न चेसिसको किनारमा एन्टेनाहरू राखेका छन्। आईफोन १७ प्रोको सन्दर्भमा भने एप्पलले चेसिस म्याटेरियल्स (सामग्रीहरू) बाट हस्तक्षेप कम गर्न र फाइभजी र वाईफाई ७ कनेक्टिभिटी दुवै बढाउन चाहेको बताइएको छ। क्यामरा आईल्याण्ड सिल्डिङ र इन्टरफेरेन्स (हस्तक्षेप) को लागि कम जोखिममा पर्ने क्षेत्र भएकोले यो साघुरो ठाँउ पर्फमेन्स सुधार गर्न र स्थिर जडान सुनिश्चित गर्नको लागि राम्रो विकल्प भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...