बालबालिकाको बौद्धिकतामा भिडियो गेमहरूले अप्रत्याशित प्रभाव पार्ने अध्ययनको खुलासा

Technology Khabar २० श्रावण २०८२, मंगलवार

बालबालिकाको बौद्धिकतामा भिडियो गेमहरूले अप्रत्याशित प्रभाव पार्ने अध्ययनको खुलासा

काठमाडौं ।

भिडियो गेमहरूले बालबालिका कलिला दिमागलाई हानि पुर्याउने लोकप्रिय विश्वासको विपरीत, भिडियो गेम खेलेर बढी समय बिताउनु बालबालिकाको बौद्धिकता वृद्धिसँग जोडिएको हुन सक्छ भन्ने तथ्य एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ।

यद्यपि संज्ञानात्मक क्षमतामा देखिएको भिन्नता सानो भएको र प्रत्यक्ष कज–एण्ड–इफेक्ट सम्बन्ध प्रमाणित नगर्ने भएकाले वैज्ञानिकहरूले यसलाई महत्त्वपूर्ण मानेका छन्।

सन् २०२२ को अध्ययनमा आनुवंशिक भिन्नताहरू र बालबालिकाको सामाजिक–आर्थिक स्थिति जस्ता भेरियबलहरूको लागि सावधानीपूर्वक नियन्त्रण गरिएको बताइएको छ।

चाखलाग्दो कुरा के छ भने, खेल खेल्नुको विपरीत, टेलिभिजन हेर्ने र सामाजिक सञ्जाल प्रयोग गर्नाले बुद्धिमा सकारात्मक वा नकारात्मक प्रभाव नदेखाएको उल्लेख गरिएको छ।

यी नतिजाहरूले बालबालिकाको लागि स्क्रिन समयको उपयुक्त मात्राको बारेमा बहसमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्छन् भनि साइन्सअलर्टले रिपोर्ट गरेको छ।

“डिजिटल मिडियाले आधुनिक बाल्यकाललाई परिभाषित गर्दछ, तर तिनीहरूको संज्ञानात्मक प्रभावहरू अस्पष्ट छन् र तातो बहसको विषय हुन्” भनि नेदरल्याण्ड्स, जर्मनी र स्वीडेनको अनुसन्धान टोलीले आफ्नो पेपरमा लेखेका छन्।

“हामी विश्वास गर्छौं कि आनुवंशिक डाटाको साथ अध्ययनले कारण दावीहरू स्पष्ट गर्न सक्छ र आनुवंशिक पूर्वस्थितिको सामान्यतया बेवास्ता गरिएको भूमिकालाई सच्याउन सक्छ” भनि पेपरमा थप उल्लेख गरिएको बताइएको छ।

वैज्ञानिकहरूले नौ र दस वर्षका ९,८५५ अमेरिकी बालबालिकाहरूबाट स्क्रिन समयको डाटा विश्लेषण गरेको रिपोर्ट गरिएको छ।

औसतमा, बच्चाहरूले दिनमा २.५ घण्टा टिभी वा अनलाइन भिडियो हेर्ने, एक घण्टा भिडियो गेम खेल्ने र आधा घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको बताइएको छ। दुई वर्ष पछि, ५,००० भन्दा बढी उही बच्चाहरूको तथ्याङ्क सङ्कलन गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

भिडियो गेम खेलेर बढी समय बिताउने बच्चाहरूको आईक्यू औसतभन्दा २.५ अंकले बढी भएको अध्ययनले पत्ता लागाएको उल्लेख गरिएको छ।

रिडिङ (पढ्ने) कम्प्रिहेन्सन, भिजुअल–स्पासियल प्रोसेसिङ, मेमोरी, फ्लेजिबल थिकिङ र सेल्फ–कन्ट्रोल (आत्म–नियन्त्रण) मापन गर्ने कार्यहरूमा प्राप्ताङ्कको आधारमा आईक्यू वृद्धि निर्धारण गरिएको थियो।

यो अध्ययन अमेरिकाका बच्चाहरूमा मात्र गरिएको भए तापनि मोबाइल फोन वा कन्सोलमा खेलिने जस्ता भिडियो गेमका प्रकारहरू बीच भेदभाव नगरिएको बताइएको छ। साथै यसले खेल र आईक्यू बीचको सम्बन्धमा महत्वपूर्ण धारणा/आकलन प्रदान गरेको छ।

त्यसैगरी यसले बुद्धिमत्ता हामी जन्मजातै जन्मेका निश्चित विशेषता होइन भन्ने विचारलाई पनि समर्थन गरेको बताइएको छ।

“हाम्रा नतिजाहरूले सामान्यतया स्क्रिन समयले बालबालिकाको संज्ञानात्मक क्षमतालाई हानि गर्दैन र भिडियो गेम खेल्दा वास्तवमा बुद्धिमत्ता बढाउन मद्दत गर्न सक्छ भन्ने दावीलाई समर्थन गर्दछ” स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटका स्नायु वैज्ञानिक टोर्केल क्लिङबर्गले भने।

Sajilo Visa

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार