Technology Khabar १८ श्रावण २०८२, आईतवार
काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाईमा) ले “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” आयोजना गर्ने भएको छ।
राजधानीको भृकुटीमण्डपमा श्रावण २१ गतेदेखि २५ गते सम्म “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
पाँच दिने कार्यक्रमको उद्घाटन श्रावण २१ गते उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल प्रहरी क्लब परिसरस्थित ब्लु पभिलियन भवन, भृकुटीमण्डपमा गर्ने आयोजकले जानकारी दिएको छ।
प्रकाशित: १८ श्रावण २०८२, आईतवार