आर्टिफिसियल इन्टेलिजेन्स

व्यक्तिगत टिकट मूल्य निर्धारणमा एआई प्रयोग नगर्ने डेल्टा एयरलाइन्सको निर्णय

व्यक्तिगत टिकट मूल्य निर्धारणमा एआई प्रयोग नगर्ने डेल्टा एयरलाइन्सको निर्णय
Global IME Bank

डेल्टा एयर लाइन्सले यात्रुहरूको लागि व्यक्तिगत टिकट मूल्य निर्धारण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग नगर्ने निर्णय गरेको शुक्रबार घोषणा गरेको छ। यो निर्णय अमेरिकी सांसदहरूको तीव्र आलोचना र सर्वसाधारणको व्यापक चिन्तापछि आएको हो।

रोयटर्सका अनुसार गत साता डेमोक्र्याट सांसदहरू रुबेन गालेगो, मार्क वार्नर र रिचर्ड ब्लुमेन्थालले अटलान्टामा आधारित यस एयरलाइन्सले एआई प्रयोग गरेर प्रत्येक यात्रुको “सहनसक्ने मूल्यको सीमा” अनुसार व्यक्तिगत मूल्य तोक्ने विश्वास व्यक्त गरेका थिए, जुन मूल्य वृद्धिको कारण बन्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ थियो।

डेल्टाले व्यक्तिगत मूल्य निर्धारणका लागि एआई प्रयोग नगरेको बताएको छ। तर उसले सन् २०२५ को अन्त्यसम्म आफ्ना २० प्रतिशत आन्तरिक उडानहरूमा फेचर नामक एआई मूल्य निर्धारण कम्पनीसँगको साझेदारीमा एआई आधारित राजस्व व्यवस्थापन प्रविधि प्रयोग गर्ने योजना बनाएको छ।

“डेल्टाले कुनै पनि यस्तो भाडा प्रणाली प्रयोग गरेको छैन, परीक्षणमा राखेको छैन वा योजना बनाएको छैन जसले व्यक्तिगत डाटा आधारित मूल्य तोक्छ,” डेल्टाले शुक्रबार सांसदहरूलाई पठाएको पत्रमा उल्लेख गरेको छ, “हामीले कहिल्यै टिकटको मूल्य निर्धारणमा व्यक्तिगत डेटा प्रयोग गरेका छैनौं।”

सांसदहरूले डेल्टाको व्यक्तिगत मूल्य निर्धारणमा एआई प्रयोग नगर्ने प्रतिबद्धताको प्रशंसा गरेका छन् तर टिकट मूल्य निर्धारणका लागि डेल्टाले कुन डाटा सङ्कलन गरिरहेको छ भन्नेबारे अझ धेरै विवरण माग गरेका छन्।

“डेल्टाले लगानीकर्तालाई एउटा र सर्वसाधारणलाई अर्कै कुरा भन्दैछ,” सांसद गालेगोले भने। “यदि डेल्टाले व्यक्तिगत नभई समष्टिगत डाटा प्रयोग गरिरहेको हो भने त्यो स्वागतयोग्य कुरा हो।”

डेल्टाले गालेगोको भनाइमा टिप्पणी गर्न अस्वीकार गरेको छ। सांसदहरूले सन् २०२३ को डिसेम्बरमा डेल्टाका अध्यक्ष ग्लेन हाउएनस्टाइनले दिएको एक अभिव्यक्ति उल्लेख गरेका छन्, जसमा उनले डेल्टाको एआई मूल्य निर्धारण प्रविधिले यात्रुहरूले प्रिमियम सेवाका लागि कति तिर्न इच्छुक छन् भन्ने अनुमानका आधारमा मूल्य निर्धारण गर्नसक्ने क्षमता राख्ने बताएका थिए।

गत साता अमेरिकन एयरलाइन्सका सीईओ रोबर्ट इसोमले पनि टिकट मूल्य निर्धारणमा एआई प्रयोग गर्नुले उपभोक्ताको विश्वास गुम्ने सम्भावना हुने बताए।

“यो लोभ देखाएर झुक्याउने कुरा होइन। यो फसाउने विषय होइन,” इसोमले आम्दानी विवरण प्रस्तुतिका क्रममा भने। “एआई लाई यस्ता तरिकाले प्रयोग गर्ने कुरा मेरो विचारमा उपयुक्त होइन। र अमेरिकन एयरलाइन्सबाट यस्तो केही गरिने छैन।”

Sajilo Visa
easy care