लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइयो, नयाँ संशोधन राजपत्रमा सार्वजनिक

  • Technology Khabar | १६ श्रावण २०८२, शुक्रबार
लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइयो, नयाँ संशोधन राजपत्रमा सार्वजनिक

काठमाडौं ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको छ। योसँगै अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य हुने भएको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर बनाइएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) संशोधन गर्दै सरकारले लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको हो।

त्यसैगरी नवीकरण गरिएका लाइसेन्सको मान्य अवधि पनि अब ५ वर्षको सट्टा १० वर्ष हुनेछ।

नयाँ कानुनी व्यवस्थाअनुसार अब सवारी जाँचपास र प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई पनि अनुमति दिने व्यवस्था गरिएको छ । यसले सेवा प्रवाहमा प्रतिस्पर्धा र सहजता बढ्ने अपेक्षा गरिएको छ।

राजस्व शुल्क बढ्ने नबढ्ने जानकारी भने उपलब्ध छैन। केही वर्षअघि पनि सरकारले विद्यमान शुल्क र समयावधि दोब्बर बनाउने भन्दै ७५० रुपैयाँ राजस्व बढाएर १ हजार ५०० पुर्याएको थियो तर समयावधी भने ५ वर्षमै सीमित गरेर उपभोक्ताहरुलाई जानाजान झुक्याएको  थियो। त्यसपछि शुल्क डबल भयो तर समयावधि भने उही नै रहँदै आएको थियो।

प्रकाशित: १६ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १६ श्रावण २०८२, शुक्रबार