दोस्रो पटक डाटा ह्याक भएपछि डेटिङसम्बन्धी एप टी मा डाइरेक्ट मेसेज बन्द गरियो

  • Technology Khabar | १४ श्रावण २०८२, बुधबार
दोस्रो पटक डाटा ह्याक भएपछि डेटिङसम्बन्धी एप टी मा डाइरेक्ट मेसेज बन्द गरियो

काठमाडौं ।

डेटिङ सुरक्षासम्बन्धी एप ‘टी’ गत साता डाटा ह्याकको शिकार बनेको थियो जसमा ७२ हजार गोप्य तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूमा प्रयोगकर्ताका सेल्फी, खाता प्रमाणिकरणका लागि प्रयोग गरिएका फोटो आईडीहरू, पोस्ट तथा सन्देशहरूमा राखिएका तस्बिरहरू रहेका छन्। ती व्यक्तिगत डाटाहरू प्रयोगकर्ताहरूले ४चानमा सेयर गरेका थिए ।

टेकक्रञ्चका अनुसार हाल ४०४ मिडियाले दिएको जानकारीअनुसार अर्को सुरक्षा समस्या देखिएपछि एपले मंगलबार दिउँसो आफ्नो ‘डाइरेक्ट म्यासेज’ सुविधा अस्थायी रूपमा बन्द गरेको छ।

यसै साता स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ता कास्रा राहजर्दीले ४०४ मिडियालाई एउटा सुझाव दिएका थिए, जसमा प्रयोगकर्ताहरूले फोन नम्बर साटासाट गरेको र गर्भपतन तथा विश्वासघातबारे संवाद गरेको सन्देशहरू समावेश थिए।

महिलाहरूले आफू डेट गरेका पुरुषबारे जानकारी साटासाट गर्न पाउने उद्देश्यले बनाइएको यो एपले पहिलो डाटा ह्याकसम्बन्धी एक विज्ञप्ति गत साता जारी गरेको थियो। विज्ञप्तिमा ह्याक केवल फेब्रुअरी २०२४ भन्दा पहिला साइन अप गरेका प्रयोगकर्ताहरूमा सीमित थियो भनिएको थियो।

तर राहजर्दीका फेला पारिएका सन्देशहरू सन् २०२३ को सुरुदेखि गत साता सम्मका थिए, जसमा ११ लाखभन्दा बढी सन्देशहरू अभिलेख भएका छन्।

रिपोर्ट सार्वजनिक भएपछि, एपले आफ्नो इन्स्टाग्राममार्फत ‘डाइरेक्ट म्यासेज’ सेवा अस्थायी रूपमा बन्द गरेको जानकारी दिएको छ। कम्पनीले भनेको छ, “अत्यधिक सावधानी स्वरूप प्रभावित प्रणालीलाई अफलाइन गरिएको छ।”

सन् २०२३ मा सुरु गरिएको टी एप हाल एप्पल एप स्टोरको निःशुल्क एपहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ। ‘सेन्सर टावर’को अनुमानअनुसार, हाल यस एपका मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या करिब २० लाख रहेको छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार