प्रयोगकर्ताहरूबाट दैनिक साढे २ अर्ब अनुरोध आउने गरेको च्याटजीपीटीको दावी

Technology Khabar ८ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

च्याटजीपीटीले हरेक दिन विश्वव्यापी प्रयोगकर्ताहरूबाट २.५ अर्ब अनुरोधहरू प्राप्त गर्ने गरेको ओपेनएआईले दावी गरेको छ। ती मध्ये लगभग ३३ करोड अनुरोधहरू अमेरिकाका प्रयोगकर्ताहरूबाट आउने गरेको रिपोर्ट गरिएको छ।

यी तथ्याङ्कहरूले ओपनएआईको प्रमुख उत्पादन कति सर्वव्यापी बन्दै गइरहेका छ भनेर देखाएको टेलिग्राफले उल्लेख गरेको छ।

गुगलको मूल कम्पनी अल्फाबेटले दैनिक सर्च (खोज) डाटा जारी नगर्ने भए तापनि गुगलले प्रति वर्ष ५ ट्रिलियन प्रश्नहरू प्राप्त गर्ने गरेको र जुन औसतमा १४ अर्ब डेली सर्च (दैनिक खोज) हरू भन्दा कम भएको हालै यसले खुलासा गरेको छ।

त्यसैगरी स्वतन्त्र अनुसन्धानकर्ताहरूले पनि समान प्रवृत्तिहरू फेला पारेको जनाइएको छ।

एनपी डिजिटलका नील पटेलले गुगलले प्रति दिन १३.७ अर्ब सर्च खोजहरू प्राप्त गर्ने अनुमान गरेका छन्। साथै दुई डिजिटल मार्केटिङ कम्पनीहरू स्पार्क टोरो र डाटोसको अनुसन्धानले यो संख्या प्रति दिन लगभग १६.४ अर्ब भएको अनुमान गरेका छन्।

तर पनि च्याटजीपीटीले भने प्रभावशाली रूपमा द्रुत वृद्धि देखाएको उल्लेख गरिएको छ।

गत वर्षको डिसेम्बर महिनामा, ओपनएआईका सीईओ साम अल्टम्यानले ‘प्रयोगकर्ताहरूले च्याटजीपीटीमा हरेक दिन १ अर्ब भन्दा बढी अनुरोधहरू पठाउँछन्” भनेका थिए।

कम्पनीको सर्च भल्युम (खोज मात्रा) लगभग आठ महिनामा दोब्बरभन्दा बढी भएको अल्टम्यानले उल्लेख गरेका छन्।

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया