Technology Khabar ४ श्रावण २०८२, आईतवार
काठमाडौं ।
वानप्लसले नयाँ चार्जिङ केबल लन्च गरेको छ। यो नयाँ चार्जिङ केबलबाट स्मार्टफोन र स्मार्टवाचलाई एकैसाथ चार्ज गर्न सकिने छ।
चार्जिङ स्ट्याण्डर्ड यूएसबी–सी केबल मार्फत गर्न सकिने बताइएको छ भने यो केबलको बीचमा विशेष पिनहरूसहितको एक्सटेन्सन भएको उल्लेख गरिएको छ।
यो एक्सेसरीबाट वानप्लस वाच २, वाच २आर र वाच ३ स्मार्टवाचहरूलाई चार्ज गर्न सकिने उल्लेख गरिएको छ।
यो चार्जिङ केबलबाट वानप्लस फोन मात्र चार्ज गरियो भने चार्जिङ पावर ८० वाट सम्म पुग्ने बताइएको छ र यदि दुबै डिभाइसहरू एकैसाथ चार्ज गरिएको खण्डमा भने फोन ६७ वाट र घडी १० वाट पावरले चार्ज हुने उल्लेख गरिएको छ।
यो चार्जिङ केबलको मूल्य २७.९९ यूरो कायम गरिएको र यो एडाप्टरको साथ उपलब्ध नहुने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ श्रावण २०८२, आईतवार