अधिक जोखिम रहेका र विभिन्न क्षेत्रगत सूचकसमेत ३ हजार बढी संस्थाहरू जीओएएमएल प्रणालीमा आबद्ध

Technology Khabar २७ असार २०८२, शुक्रबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले २०८१ चैत मसान्तसम्ममा ३,०२६ वटा सूचक संस्थाहरू जीओएएमएल प्रणालीमा आबद्ध भएकोमा २०८२ जेठ मसान्तसम्ममा अधिक जोखिम रहेका क्षेत्रसहित विभिन्न क्षेत्रगत सूचक संस्थाहरूलाई उक्त प्रणालीमा आबद्ध गरिसकेको जनाएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट थप भएका लक्ष्य तथा कार्यान्वयनको अवस्था प्रस्तुत गर्ने क्रममा गभर्नर डा. विश्व पौडेलले यस्तो बताएका हुन्।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि गरिएका व्यवस्थाहरूलाई थप प्रभावकारी बनाउन अधिक जोखिम रहेका विभिन्न क्षेत्रका सूचक संस्थाहरूलाई जीओएएमएल प्रणालीमा आबद्ध गरिने नीति लिइएकोमा सम्बन्धित नियमनकारी / सुपरिवेक्षकीय निकायसँगको निरन्तर समन्वयमा अधिक जोखिम क्षेत्र रहेका विभिन्न सूचक संस्थाहरूलाई निरन्तर उक्त प्रणालीमा आबद्ध गर्दै आइएको उनले जानकारी दिए।

यसैगरी राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान गरी त्यसलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिने लक्ष्य थप गरिएकोमा कृत्रिम बौद्धिकता प्रयोगसम्बन्धी मार्गदर्शनको सम्बन्धमा कार्यदल गठन भई कृत्रिम बौद्धिकता सम्बन्धी निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ।

प्रकाशित: २७ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया