ललितपुरका यी स्थानमा आज राति नेपाल टेलिकमको एफटीटीएच सेवा अवरुद्ध हुने

  • Technology Khabar | २६ असार २०८२, बिहीबार
ललितपुरका यी स्थानमा आज राति नेपाल टेलिकमको एफटीटीएच सेवा अवरुद्ध हुने

काठमाडौं ।

ललितपुरका केही स्थानहरुमा आज बिहीबार राती ११ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा अवरुद्ध हुने भएको छ।

नेपाल टेलिकमले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित  सबैलाई जानकारी गराएको हो।

‘नेपाल टेलिकम, दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका मानभवन, प्रयाग पोखरी, सौगल लगायतका क्षेत्रहरूमा सञ्चालित फाइबर-टू-द होम  (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले मिति २०८२ / ०३ / २६ गते बिहीबार बेलुकी ११ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म उक्त स्थानहरूमा एफटीटीएच ( टेलिफोन, इन्टरनेट, टि.भी.) सेवा अवरुद्ध हुनसक्ने भएकोले सम्बन्धित ग्राहक वर्गमा जानकारीका लागि | सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।

यसबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले निर्धारित समयभन्दा अघिपछि सेवा सुचारु नभएमा नेपाल टेलिकम ग्राहक सेवा केन्द्र १९८ वाटेलिफोन नं. ०१-५४२३३६३ मा सम्पर्क गर्न पनि सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २६ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...