ताजा समाचार

इन्स्टाग्रामको थ्रेड्सका मोबाइल एप प्रयोगकर्ता एक्सको हाराहारी पुगे

इन्स्टाग्रामको थ्रेड्सका मोबाइल एप प्रयोगकर्ता एक्सको हाराहारी पुगे
Global IME Bank

इन्स्टाग्रामको थ्रेड्स एप आफ्नो प्रमुख प्रतिस्पर्धी एक्स (पूर्व ट्विटर) सँग मोबाइल प्रयोगकर्ताको हिसाबले निकै नजिक पुगेको छ। यसबारे बजार विश्लेषण कम्पनी सिमिलरवेब ले हालै सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सिमिलरवेबका अनुसार सन् २०२५ को जुन महिनामा थ्रेड्सका आईओएस र एण्ड्रोइड एपमा दैनिक सक्रिय प्रयोगकर्ता ११५.१ मिलियन पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १२७.८ प्रतिशतको वृद्धिदर हो। यता एक्सका दैनिक सक्रिय प्रयोगकर्ता १३२ मिलियन पुगेका छन्, तर यसको वार्षिक वृद्धिदर १५.२ प्रतिशतले घटेको देखिएको छ।

टेकक्रञ्चका अनुसार यसको तुलनामा विकेन्द्रित सामाजिक सञ्जाल ब्लुस्काइले ३७२.५ प्रतिशत वार्षिक वृद्धिदर हासिल गरे पनि यसको दैनिक सक्रिय प्रयोगकर्ता केवल ४.१ मिलियनमा सीमित छ। ब्लुस्काइमा हाल ३७ मिलियनभन्दा बढी दर्ता प्रयोगकर्ता छन्।

गत वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि इलन मस्क राष्ट्रपति ट्रम्पसँग निकट हुन थालेपछि एक्स छाड्ने प्रयोगकर्ताले ब्लुस्काइ रोजेका थिए। तर, त्यसको सुरुआती वृद्धिमा हाल सुस्ती आएको छ। पछिल्ला महिनाहरूमा ब्लुस्काइ धेरै वामपन्थी विचारहरूको मात्र घेरा बनेको आरोप लागेपछि केही प्रयोगकर्ता थ्रेड्स फर्किएको अनुमान गरिएको छ।

ब्लुस्काइको प्रयोगकर्ता-कन्फिगरेसन योग्य खुला संरचनाका कारण भविष्यमा यसको सम्भावना उच्च छ भन्ने विश्लेषण गरिएको भए पनि हालको प्रतिस्पर्धा मुख्यतया थ्रेड्स र एक्स बीच रहेको जनाइएको छ।

थ्रेड्सले मोबाइल एपमा एक्ससँग बराबरीको स्थितिमा पुगेको देखिए पनि वेबमा भने एक्सले अझै स्पष्ट अग्रता कायम राखेको सिमिलरवेबको तथ्याङ्कले देखाउँछ ।

सन् २०२५ को जुन महिनामा एक्सले विश्वभर दैनिक औसत १४५.८ मिलियन वेब भिजिट पाएको थियो भने थ्रेड्स ले केवल ६.९ मिलियन मात्रै पाएको थियो।

मोबाइलतर्फको तीव्र वृद्धि र एक्सको सुस्त विकास दरले थ्रेड्सले आगामी दिनमा विज्ञापन आम्दानीमा एक्ससँग कडा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखिएको छ, यद्यपि हालका लागि मेटाले थ्रेड्सबाट विज्ञापन नै एकमात्र आम्दानी स्रोत बनाएको छ।

Sajilo Visa
easy care