हालैको आउटेज र्यान्समवेयर आक्रमणका कारण भएको इन्ग्राम माइक्रोको खुलासा

  • Technology Khabar | २४ असार २०८२, मंगलवार
हालैको आउटेज र्यान्समवेयर आक्रमणका कारण भएको इन्ग्राम माइक्रोको खुलासा

काठमाडौं ।

अमेरिकी टेक्नोलोजी डिस्ट्रिब्युटिङ जायण्ट र व्यवस्थित सेवा प्रदायक इन्ग्राम माइक्रोले सोमबार कम्पनीमा चलिरहेको आउटेजको कारण र्यान्समवेयर आक्रमण भएको बताएको छ।

बिहीबारबाट ह्याक सुरु भएको र त्यसपछि कम्पनीको वेबसाइटका साथै धेरैजसो नेटवर्क डाउन भएको उल्लेख गरिएको छ। शनिबार, कम्पनीले ‘फेरि अर्डरहरू प्रोसेसिङ गर्न सुरु गर्न सकियोस् भनेर यो प्रणालीहरू पुनस्र्थापित गर्न काम गरिरहेको’ एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गरेको थियो।

त्यसका साथै इन्ग्राम माइक्रोले सोमबार संयुक्त राज्य अमेरिकामा बजारहरू खुल्नु अघि शेयरधारकहरूलाई उल्लंघनको बारेमा सचेत गराएको थियो।

क्यालिफोर्नियामा आधारित इन्ग्राम माइक्रो विश्वको सबैभन्दा ठूलो प्रविधि वितरकहरू मध्ये एक हो, जसले विश्वभरका कम्पनीहरूलाई प्रविधि र हार्डवेयर ढुवानी गर्दछ। यो आफ्ना ग्राहकहरूको क्लाउडहरूको लागि व्यवस्थित सेवा प्रदायक पनि हो र जसले प्रभावकारी रूपमा साना कर्पोरेट ग्राहकहरूको लागि आउटसोर्स गरिएको आईटी विभागको रूपमा काम गर्दछ।

आउटेजले सफ्टवेयर लाइसेन्सिङ ङइजाजतपत्र) लाई असर गरिरहेको बताइएको छ। यसले गर्दा इन्ग्राम माइक्रोका ग्राहकहरूलाई इन्ग्रामको प्रणालीहरूमा निर्भर केही उत्पादनहरू प्रयोग गर्न वा प्रावधान गर्नबाट रोकिरहेको उल्लेख गरिएको छ।

अहिलेसम्म कुनै पनि प्रमुख र्यान्समवेयर समूहले यस उल्लंघनको जिम्मा नलिएको भए तापनि यो ह्याक सेफपे र्यान्समवेयर गिरोहले गरेको हो भनी ब्लीपिङ कम्प्युटरले रिपोर्ट गरेको छ। पीडितहरूलाई फिरौती तिर्न जबरजस्ती रकम असुल्ने प्रयासमा र्यान्समवेयर गिरोहहरूले ह्याक गरिएका कम्पनीहरूको नाम लिनु र चोरी भएका डाटाका अंशहरू प्रकाशित गर्नु असामान्य कुरा नभएको उल्लेख गरिएको छ।

इन्ग्राम माइक्रोका प्रवक्ता लिसा ज्विकले टिप्पणीको लागि गरिएको अनुरोधलाई तुरुन्तै जवाफ नदिएको टेकक्रन्चले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...