बाँकेमा साइबर अपराधका उजुरी बढे

Technology Khabar १८ असार २०८२, बुधबार

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१-८२ मा ३ सय ९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन्।

दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन्। दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन्। आव २०८०-८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको छ। आव २०७९-८० मा एक सय छ, आव २०७८-७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए। विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ।

साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ।-रासस

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया